लोक सेवा सम्बन्धि बस्तुगत र छोटा प्रश्नोत्तर « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

लोक सेवा सम्बन्धि बस्तुगत र छोटा प्रश्नोत्तर


२३ फाल्गुन २०७४, बुधबार


वस्तुगत प्रश्नोत्तर

१. विश्व कीर्तिमान कायम गर्नेगरी काठमाडौंको टुँडिखेलमा हजारौं मानिस भेला भई गौतम बुद्धको वचन ‘धम्मपद’को वाचन कहिले गरियो ?
– वि.सं. २०७४ फागुन १९
– बुद्धवचन धम्मपद वाचन गरेर संसारकै नयाँ रेकर्ड कायम गर्ने उद्देश्यका साथ टुँडिखेलमा जिनियस वल्र्ड रेकर्ड २०१८ बुद्ध वचन धम्मपद नामक कार्यक्रमको आयोजना गरिएको ।
– आयोजक विश्व कीर्तिमानी परिषद्का अनुसार आधिकारिक पास लिएर प्रवेश हुने सहभागी ७५ हजार एवम् पास नलिई प्रवेश गर्ने सहभागीसमेत गरी झण्डै डेढ लाखले एकसाथ बुद्धवचन वाचन गरेका ।
– कार्यक्रममा धम्मपद वाचन गरिरहँदा हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको ।
– यसअघि भारतको आर्ट अफ लिभिङ फाउन्डेसनद्वारा ४६ हजार ६६० जनाले उपस्थितिमा कविता पढी गिनिज बुकमा रेकर्ड राखिएको ।

२. पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन अब्बासी नेपालको दुईदिने भ्रमणका सन्दर्भमा कहिले काठमाडौं आए ?
– वि.सं. २०७४ फागुन २१
(प्रधानमन्त्री ओलीलाई बधाई दिन एवम् दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को शिखर सम्मेलन आयोजनाबारे अध्यक्ष मुलुकसँग छलफलका लागि अब्बासीको भ्रमण भएको बताइएको ।)

३. सङ्घीय संसद्को पहिलो ऐतिहासिक बैठक कहिले बसेको हो ?
– वि.सं. २०७४ फागुन २१
(दोस्रो संविधान सभाबाट निर्मित नयाँ संविधान बमोजिम सम्पन्न प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यको निर्वाचनपछि बस्न लागेको दुवै सदनको प्रथम अधिवेशन अन्तर्गत केन्द्र नयाँ बानेश्वरमा सञ्चालन भएको ।)

४. स्थानीय तहमा न्यायिक समिति गठन गर्ने सम्बन्धी व्यवस्था नेपालको संविधानको कुन धारामा रहेको छ ?
– धारा २१७
(संविधानको धारा २१७ मा कानुन बमोजिम आफ्नो क्षेत्राधिकारभित्र पर्ने विवाद निरुपण गर्न गाउँपालिकाले गाउँपालिका उपाध्यक्ष र नगरपालिकाले नगरपालिका उपप्रमुखको संयोजकत्वमा तीन सदस्सीय न्यायिक समिति गठन गर्ने व्यवस्था रहेको साथै समितिमा गाउँ सभा वा नगर सभाबाट आफू मध्येबाट निर्वाचित दुई जना सदस्य रहने प्रावधान रहेको ।)

५. ‘सिकाइले मस्तिष्कलाई कहिल्यै थकाउँदैन’ भन्ने विचारक को हुन् श्र
– लियोनार्दो दा भिन्ची

६. वि.सं. २०७४ फागुन १७ मा सम्पन्न चौथो लुम्विनी शान्ति म्याराथन दौडको उपाधि जित्ने धावक को हुन् ?
– नेपाली सेनाका होमलाल श्रेष्ठ
(कपिलवस्तुको कुदानबाट सुरु भई लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरसम्मको सो म्याराथनमा सेनाकै हरिप्रसाद रिमाल र खगेन्द्र भट्ट क्रमशः दोस्रो र तेस्रो भएका ।)

७. नेपाल–भारत सम्बन्ध सुदृढ गर्ने उद्देश्यका साथ गठित प्रबुद्ध समूहको पहिलो बैठक कहिले र कहाँ सम्पन्न भयो ?
– वि.सं. २०७३ असार २०–२१, काठमाडौं

८. विद्यावारिधि गर्ने पहिलो नेपाली दृष्टिविहीन को हुन् ?
– कमल लामिछाने

९. पेन्दिया पर्व थारु जातिले मनाउँछन् भने पातमेला र वाहा पर्व कुन जातिले मनाउने गर्छन् ?
– सतार

१०. सर्वप्रथम सहकारीको अवधारणा ल्याउने देश कुन हो ?
– बेलायत

विषयगत प्रश्नोत्तर

१. नेपालको संविधानमा प्रदेश लोकसेवा आयोग सम्बन्धी के–कस्तो व्यवस्था छ ? उल्लेख गर्नुहोस् ।

नेपालको संविधानको धारा २४४ मा प्रदेश लोकसेवा आयोग सम्बन्धी देहाय बमोजिमको व्यवस्था छः
– प्रत्येक प्रदेशमा प्रदेश लोकसेवा आयोग रहने,
– प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार प्रदेश कानुन बमोजिम हुने, यसको प्रयोजनका लागि सङ्घीय संसद्ले कानुन बनाई आधार र मापदण्ड निर्धारण गर्ने व्यवस्था छ ।
यसर्थ नेपालमा रहेका सात प्रदेशमा प्रत्येकमा प्रदेश लोकसेवा रहने, सङ्घीय संसद्ले कानुन बनाई प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार सम्बन्धी आधार र मापदण्ड निर्धारण गर्ने र सोही आधारमा प्रदेश सभाले आफ्नो प्रदेश कानुन तयार गरी प्रदेश लोकसेवा आयोग सम्बन्धी व्यवस्था गर्ने संवैधानिक व्यवस्था छ ।

२. बजेटका प्रमुख पाँचवटा विशेषता लेख्नुहोस् ।

बजेटका पाँचवटा विशेषता निम्न छन्ः
१. विगत र वर्तमानको यथार्थ अवस्थाको विश्लेषण गरी आगामी वर्षका लागि तर्जुमा गरिने सरकारको नीति तथा कार्यक्रम बजेट हो । बजेट सरकारको एक वर्षको आय र व्ययको अनुमानित विवरण हो ।
२. बजेट आवधिक योजनाको अभिन्न अङ्ग हो । यो सरकारको वित्त नीतिको रुप पनि हो । यसले आवधिक योजना र वित्त नीति कार्यान्वयनमा सहयोग गर्दछ ।
३. यसले क्षेत्रीय सन्तुलन कायम गर्न सहयोग गर्दछ । सामाजिक कल्याणका लागि साधनको वितरण गर्दछ । लोक कल्याणकारी कार्य गर्न सहयोग गर्दछ ।
४. यसले तोेकिएको क्षेत्रमा मात्र रकम खर्च गर्ने मान्यता राख्दछ । स्वीकृत बजेटभित्र रही खर्च गर्दछ । बजेट नियन्त्रण गर्दछ । त्यसैले यो आर्थिक प्रशासनको पथ प्रदर्शक पनि हो ।
५. बजेट कार्यपालिकाले तयार गर्दछ व्यवस्थापिकाले स्वीकृत गर्दछ र पुनः कार्यपालिकाले कार्यान्वयन गर्दछ ।

३. लेखा परीक्षणको उद्देश्य के हो ?

आर्थिक कारोवारको जाँच गर्ने, मूल्याङ्कन गर्ने र प्रतिवेदन गर्ने कार्य लेखा परीक्षण हो । आर्थिक कारोवार प्रचलित कानुन अनुसार भएको छ छैन जाँच गरी यथार्थ प्रतिवेदन मार्फत आर्थिक अनुशासन कायम गर्नु लेखा परीक्षणको मूलभूत उद्देश्य हो । यसका बाँकी उद्देश्य निम्न छन्ः
– आर्थिक कारोवारमा हुनसक्ने त्रुटि एवम् छलकपट पत्ता लगाई तिनको रोकथाम गर्नु,
– आर्थिक कारोवारको अभिलेख अनुसार प्रतिवेदन छ छैन चेकजाँच गर्नु,
– आय र व्यय गर्दा बेरुजुको अवस्था के छ यकिन गर्नु,
– स्रोत साधन सम्पत्तिको सदुपयोग र दुरुपयोगको अवस्था के कस्तो छ पत्ता लगाई दुरुपयोग हुनबाट रोक्नु,
– आर्थिक कारोवारमा वित्तीय जवाफदेहिताको प्रवद्र्धन गर्नु,
– आय र व्ययको जाँच, मूल्याङ्कन पश्चात् सुझाव सहितको समयमै लेखा परीक्षण प्रतिवेदन तयार गरी पेस गर्नु ।

साभारः गोरखापत्र

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/loksewa/

Tags :
प्रतिक्रिया दिनुहोस