नसोचेर गरेका ती बातले रुवायो,
माया दिदाँ पाएको त्यो घातले रुवायो ।
अतितको घाउ बल्झि यर जिन्दगीलाई,
आज फेरी परै पिरको खातले रुवायो ।
सधै भरी हरीयाली कहाँ हुदो रै’छ,
शिशिरमा झर्ने तिनै पातले रुवायो ।
तन मन मिले पनि रोक्यो समाजले,
एक्काईशौ शताब्दिमा जातले रुवायो ।
निद्रा छैन यी आँखामा भन कसो गरुँ,
माया बिना एक्लो हर रातले रुवायो ।