आज पनि पूर्णता पाएन सरकारले : थपिए चार मन्त्री « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आज पनि पूर्णता पाएन सरकारले : थपिए चार मन्त्री


१४ फाल्गुन २०७४, सोमबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा चार मन्त्री थपिएका छन् । प्रधानमन्त्री ओलीले सोमबार चार मन्त्री थप्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । चार मन्त्री थपेपनि सरकारले पूर्णता पाउन भने अझै पाउन सकेको छैन ।

सरकारले मन्त्री मण्डल विस्तार गर्दै गृहमन्त्री माओवादी केन्द्रका नेता रामबहादुर थापा बादललाई बनाएको छ । बादल पूर्वरक्षामन्त्री समेत भइसकेका छन् । माओवादी केन्द्रबाट मात्रिका यादव मन्त्री बनेका छन् ।

यस्तै एमालेबाट युवराज खतिवडा अर्थमन्त्री बनेका छन् । खतिवडा पूर्वगर्भनर तथा योजना आयोगका उपाध्यक्षसमेत भइसकेका व्यक्ति हुन् ।

एमालेबाट महासचिव ईश्वर पोखरेल पनि बन्त्री बनेका छन् । नवनियुक्त मन्त्रीहरुले सोमबार नै राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस