सैनिक परिवारलाई हौसला « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सैनिक परिवारलाई हौसला


एस राज उपाध्याय

१३ फाल्गुन २०७४, आइतबार


नेपाली सेनाबाट अवकास पाएलगत्तै तिलकबहादुर गोदारले बाख्रापालन व्यवसाय थालेका छन् । उनले नेपाली सेना कल्याणकारी बोर्डद्वारा सञ्चालित लघुवित्त कार्यक्रमबाट ऋण लिएर व्यवसाय थालेका हुन् । अवकासपछिको जीवन, व्यवसायको अनुभवलगायत विषयमा उनीसँग प्रशासन डट कमका एस राज उपाध्यायले गरेको कुराकानी ।

अवकास हुँदै गर्दा व्यवसायी बन्छु लागेको थियो ?
२०६२ असार १५ गते सेवा निवृत भएर घर फर्केपछि केही काम गर्नुपर्छ भन्ने सोच आयो । तर, के गर्ने भन्ने निर्णय गरिसकेको थिएन । त्यही क्रममा बाख्रापालन गर्ने योजना बनाएँ । विदेश गएर पसिना बगाउनुभन्दा स्वदेशमै केही गर्ने सोचले केही समयपछि बाख्रापालन सुरु गरेँ ।

किन बाख्रापालन व्यवसाय नै गर्ने सोच बनाउनुभयो ?
बाख्रा पालनबाट राम्रो आम्दानी गर्न सकिने र परिवारका सदस्यहरु सबै मिलेर काम गर्न सकिने देखिएकोले मैले बाख्रा पालन रोजेको हो । शुरुमा म संग त पैशा थिएन । कसरी जुटाउने भन्ने थियो तर बुझ्दै जाँदा नेपाली सेना कल्याणकारी बोर्डद्धारा संचालित लघुवित्त कार्यक्रममार्फत् चार लाख रूपैयाँसम्म ऋण दिने कुरा थाहा पाएँ । त्यसपछि बाख्रापालनको फर्म दर्ता गरेर चार लाख रूपैयाँ ऋण लिए । त्यही रकमबाट बाख्रा किनेरगोठहरु बनायर बाख्रा पालन व्यवसाय शुरु गरेँ ।

ऋण लिने प्रक्रिया लामो र झन्झटिलो हुन्छ भनिन्छ नि तपाइले कतिको झेल्नुभयो ?
लघुवित्त कार्यक्रमबाट प्रवाह हुने ऋण लिन सहज छ । त्यसको ब्याजदर पनि सस्तो नै छ । त्यति कठिनाइ छैन । प्रक्रिया मिलाए हप्ता वा १५ दिनमा ऋण पाउन सकिन्छ । ऋण लिन चाहनेले नेपाल इन्भेष्टमेन्ट बैंकमा गएर बुझ्न सक्नुहुनेछ ।

यो व्यवसायबाट तपाइको जीबनस्तरमा केही सुधार आएको जस्तो महसुस भइरहेको छ ?
पहिले पेन्सनबाटै परिवारको खर्च धान्नुपर्ने अवस्था थियो । मासिक ८/१० हजार रूपैयाँले घरखर्च, छोराछोरीको पालनपोषणमा समस्या थियो । तर, बाख्रापालन गरेपछि मासिक ३०–४० हजार रूपैयाँ आम्दानी हुने गरेको छ । यसले घरखर्च र छोराछोरीको पालनपोषणमा निकै सहज बनाएको छ । यस व्यवसायबाट राम्रै मुनाफा भएकाले ऋण थप्ने योजनासमेत बनाएको छु ।

यस कार्यक्रमको प्रभावकारीताबारे तपाइको धारणा के छ ?
लघुवित्त कार्यक्रम निकै प्रभावकारी छ । अझै सेवा सुविधा थप गर्ने हो भने अवकासप्राप्त तथा बहालबाला सैनिक परिवारको जीवनस्तरमा टेवा पुग्ने र उनीहरूमा केही गरौं भन्ने हौसला थपिन्छ जस्तो लाग्छ ।

तपाइकै गाउँठाउँमा पनि धेरै अवकासप्राप्त सैनिकहरु हल्लिएर हिँडेको पनि देखिन्छ नि ?
हरेक क्षेत्रमा यस्ता व्यक्तिहरु हुन्छन् । एकआध व्यक्तिहरु त्यस्ता होलान् तर अहिले धेरै सैनिकहरु कुनै न कुनै पेशा, व्यवसाय अंगालेर बसेका देखिन्छन् । सेनाको हकमा त्यसै बस्नै गारो हुन्छ । कडा अनुशासनमा बसेर आएको मान्छे हात बाँधेर कसरी बस्न सक्छ ?

अन्त्यमा थप केही भन्न मन लागेको छ कि ?
म के भन्न चाहन्छु भने अवकासप्राप्त सैनिक जो बेरोजगार बस्नुभएको छ, जसमा केही काम गर्ने इच्छाशक्ति छ, उहाँहरूका लागि नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल इन्भेष्टमेन्ट बैंकको साझेदारीमा सञ्चालित लघुवित्त कार्यक्रम सञ्चालन भएको छ । त्यसले पाँच लाख रूपैयाँसम्म ऋण प्रवाह गरिरहेको छ । त्यसबाट ऋण लिएर रुचि भएको व्यवसाय गर्नुस् । स्वदेशमै थुप्रै अवसर छन् । पैसा कमाउन विदेश जानुपर्दैन । तर, कर्मशील र इमान्दारिता हुनु जरुरी छ । नेपालमै बसेर आत्मनिर्भर हुन सकिन्छ ।

एस राज उपाध्यायबाट थप,

सैनिक परिवारको सहारा

भूतपूर्वहरुले बनाएको वर्तमान पहिचान

के निश्कन्छ मतपेटिकाबाटः देवता कि दानव ?

पति सेनामा, पत्नी व्यवसायमा

लघुवित्तले भिन्नै परिचय स्थापित गराएको छ

लघुवित्त कार्यक्रमले मध्यम तथा निम्न वर्गीय परिवारलाई सहयोग पुर्‍याएको छ

लघुवित्त कार्यक्रमले जीवनस्तरमा धेरै सुधार ल्याएको छ

सैनिक परिवारको आर्थिकस्तर बढाउन लघुवित्त कार्यक्रम सञ्चालन गरेका हौं

सैनिक परिवारको जीवनस्तर उकास्न लघुवित्त कार्यक्रम सञ्चालन गरेका हौं

Tags :
प्रतिक्रिया दिनुहोस