रहिनन् बलिउडकी चर्चित अभिनेत्री श्रीदेवी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

रहिनन् बलिउडकी चर्चित अभिनेत्री श्रीदेवी


१३ फाल्गुन २०७४, आइतबार


काठमाडौं । चर्चित बलिउड अभिनेत्री श्रीदेवीको निधन भएको छ ।

५४ वर्षीया श्रीदेवीको दुबाईमा एउटा वैवाहिक कार्यक्रममा सहभागी भएका बेला हृदयाघातबाट निधन भएको हो ।

चार वर्षको उमेरदेखि बालकलाकारको रुपमा करियर शुरु गरेकी श्रीदेवी १३ अगष्ट १९६३ मा तमिलननाडुमा भएको थियो । बाल कलाकारको रुपमा तेलुगु र मलयालम फिल्ममा पनि अभिनय गरेकी श्रीदेवी ८० को दशकमा निकै चर्चित रहिन् ।

मिष्टर इन्डिया, नगीना, हिम्मतवाला, तोहफा, जस्टिस चौधरी, मवाली लगाएत दर्जनौं सुपरहिट फिल्ममा अभिनय गरेकी उनले करीब ३ सय भन्दा बढी फिल्ममा अभिनय गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस