गजल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गजल


प्रशासन विशेष ब्युरो

१२ फाल्गुन २०७४, शनिबार


तिम्रो कोमल मन रुवाउने, मेरो मन थिएन ।।
तिम्रो मन मुटु दुखाउने, मेरो मन थिएन ।।

भेट्न भनी आकै हो, के–के सम्झी फर्किए म,
तिमीलाई बाटोमा कुराउने,मेरो मन थिएन ।।

जुन डुंगामा यात्रा गरेथ्यौं, त्यहिनिर प्वाल थियो,
तिमीलाई तालमा डुबाउने, मेरो मन थिएन ।।

बोल्नु भन्दा मलाई, मौनता ठिक लाग्न थाल्यो,
तिमीलाई कुरा लुकाउने, मेरो मन थिएन ।।

कहानी सुन्या भए, निकै भक्कानिन्थ्यौ तिमी,
आँसु भेलको वर्षामा, रुझाउने,मेरो मन थिएन।।

प्रतिक्रिया दिनुहोस