गजल « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

गजल


प्रशासन विशेष ब्युरो

१२ फाल्गुन २०७४, शनिबार


आँखा बन्द गर्छु म सपनीमा आउँछौ ।।
किन हो आजकल यसरी सताउँछौ ।।

बन्द गरिदिउँ भने मुटुको धड्कन ।
याद सँगसँगै तिमी श्वास पठाउँछौ ।।

न पाउन सक्छु न गुमाउन मन छ ।
न जीवनको कुनै पाटोमा अटाउँछौ ।।

के जवाफ दिउँ खै दुनियालाई मैले ।
नजरबाट नजरकहिले हटाउँछौ ।।

गाह्रो भो गाह्रो भो मलाई झन गाह्रो भो ।
म मरु? या भन तिमी माया घटाउँछौ ।।

प्रतिक्रिया दिनुहोस