आफन्त आए घाउ कोट्याएर गए ।।
बरू पराईले पो ! मलम लगाएर गए ।।
यो दुनियाँ देख्दा बडो उदेक लाग्छ ।
जिउँदै शरीरमा कात्रो ओढाएर गए ।।
सम्झिनुहोस् मेरो दिल मैदान रहेछ ।
जो–जो आए मेरो दिल खेलाएर गए ।।
कोही मान्छे यस्ता पनि हुँदा रहेछन् ।
भुल्नै नसक्ने निशानी बनाएर गए ।।
सधैं त्यो आकाशको चन्द्र मौन रह्यो ।
कयौं ताराले उसलाई जिस्काएर गए ।।