कांग्रेस संसदीय दलको विधान परिमार्जनपछि मात्र नेतृत्व चयन : सिंह « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कांग्रेस संसदीय दलको विधान परिमार्जनपछि मात्र नेतृत्व चयन : सिंह


११ फाल्गुन २०७४, शुक्रबार


सिन्धुली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले नेपाली कांग्रेस पार्टी संसदीय दलको विधान परिमार्जन भएपछि मात्र नेतृत्व चयन हुने बताएका छन् ।

नेपाल प्रेस युनियन सिन्धुलीले कांग्रेस पार्टी कार्यालयमा आज गरेको पत्रकार सम्मेलनमा उनले भने — ‘भोलि हुने संसदीय दलको बैठकबाट विधान परिमार्जन गर्ने र त्यसपछि मात्र संसदीय दलको नेतृत्व चयन हुन्छ ।’

केन्द्रीय सदस्य सिंहले अहिलेसम्म संसदीय दलको नेतामा कसैले दाबी नगरेको अवस्थामा आफू संसदीय दलको नेता हुन योग्य भएको बताउँदै ‘पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठक नियमित गर्न नसकेका कारण अब संसदीय दलको नेतामा उहाँ हुन सक्नुहुन्न,’ भने ।

पार्टी सभापति देउवाले संसदीय दलको नेतामा दाबी गरेमा आफू प्रतिस्पर्धामा उत्रिएर संसदीय दलको नेता हुने दाबी गर्दै उनले भने — ‘परम्परागत रुपमा नै संसदीय दलको नेता बनाए यो सिङ्गो पार्टीको हितमा हुदैन ।’

पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफ उनले कांग्रेस महामन्त्री कोइरालाले सर्वसहमतिबाट भए मात्र संसदीय दलको नेता बन्न इच्छा व्यक्त गर्नुभएको अवस्थामा सर्वसहमति हुन नसक्ने देखिएको बताए ।

नेता सिंहले सर्वसहमतिको वातावरण आएमा आफू त्यसमा सहमत हुने र सर्वसहमत नभएमा संसदीय दलको नेता परिवर्तन गर्नु पर्ने धारणा व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस