समायोजनमा कर्मचारीको अत्तो, एक तह बढुवा र अतिरिक्त भत्ता माग « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

समायोजनमा कर्मचारीको अत्तो, एक तह बढुवा र अतिरिक्त भत्ता माग


१० फाल्गुन २०७४, बिहिबार


काठमाडौं ।निजामती कर्मचारी संगठनहरुले प्रदेश र स्थानीय तहमा समायोजन गर्दा एक तह बढुवा र आतिरिक्त भत्ता नभएसम्म काममा नजाने अत्तो थापेपछि प्रदेशमा काजमा खटाएका कर्मचारी कार्यक्षेत्र पुगेका छैनन्।

प्रदेशमा पठाउँदा सचिवलाई प्रदेश मुख्य सचिव र सहसचिवलाई प्रदेश मन्त्रालयको सचिवको जिम्मेवारी दिएको तर अन्य पदकालाई भने बढुवा नदिएको भन्दै कर्मचारी संगठन प्रदेश र स्थानीय तहमा जान मानेका छैनन्।

कर्मचारी संगठनले सबै कर्मचारीले एक तह बढुवा र आतिरिक्त भत्ता मागेका कारण सरकारलाई स्थायी समायोजन सुरु गर्न र अस्थायी समायोजनका लागि खटाउन कठिन भएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस