गुण्डा नाइके मनोज पुन र सोम आले प्रहरीसँगको इन्काउन्टरमा मारिए « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गुण्डा नाइके मनोज पुन र सोम आले प्रहरीसँगको इन्काउन्टरमा मारिए


९ फाल्गुन २०७४, बुधबार


काठमाडौं । गुन्डा नाइके मनोज पुनसहित दुई जना प्रहरी इन्काउन्टरमा मारिएका छन् । हत्या आरोपमा प्रहरीको मस्टवान्टेड सूचीमा रहेका गुण्डा नाइके पुन र निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्न सोम आलेको मुडभेडका क्रममा मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ ।

पन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले बुधबार बिहान रुपुन्देहीको देवदह नगरपालिका–४ भवानीपुरमा प्रहरीसँग जम्काभेट हुँदा प्रहरीले पक्राउ गर्न खोज्दा प्रहरीमाथी आक्रमण गरी भाग्नखोज्दा प्रहरीको जवाफि कारवाहीमा उनीहरु
मारिएको जानकारी दिए ।

प्रहरीले जवाफी फायरिङ गर्दा उनीहरु घाइते भएका थिए । घाइते पुन र आलेलाई लुम्बिनी अञ्चल पुर्यायीए पनि अस्पतालले मृत घोषित गरेको छ ।

उनीहरु नेपाल आएको सूचनाका आधारमा सम्बन्धित इलाकामा सिआइबीले सर्च अभियन चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस