काठमाडौंका ६ स्थानमा विरोध प्रदर्शन गर्न नपाइने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

काठमाडौंका ६ स्थानमा विरोध प्रदर्शन गर्न नपाइने


प्रशासन विशेष ब्युरो

८ फाल्गुन २०७४, मंगलबार


काठमाडौंं । सरकारले काठमाडौंका ६ स्थानलाई निषेधित क्षेत्र तोकेको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना जारी गरी उपत्यकाका ६ स्थानमा विरोध प्रदर्शन गर्नमा रोक लगाएको हो।

निषेधित क्षेत्रमा जुलस, प्रदर्शन, धर्ना, घेराउ वा विरोध प्रदर्शनका कार्यक्रम गर्न पाइनेछैन ।

जिल्ला प्रशासन कार्यलयले राष्ट्रपति भवन शीतल निवास, प्रधानमन्त्री निवास बालुवाटार, संसद भवन नयााबानेश्वर, सिंहदरवार, उपराष्ट्रपति निवास र निर्वाचन आयोग वरपर निषेधित क्षेत्र तोकेको हो ।

प्रतिक्रिया दिनुहोस