गुडिरहेको बसमा बम प्रहार, १२ जना घाइते « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गुडिरहेको बसमा बम प्रहार, १२ जना घाइते


प्रशासन विशेष ब्युरो

८ फाल्गुन २०७४, मंगलबार


जितपुर, कपिलवस्तु । गुडिरहेको बसमा बम प्रहार हुँदा १२ जना घाइते भएका छन् ।

काठमाडौंबाट दाङका लागि छुटेको ना ६ख ७९१० नं को बसमा आज दिउँसो शिवराज नगरपालिका–३ बेलनदी नजिक अज्ञात समूहद्वारा पेट्रोल बम प्रहार हुँदा बसमा सवार १२ जना घाइते भएका हुन् ।

घाइते तीन जनालाई थप उपचारका लागि बुटबल पठाइएको र अन्य घाइतेलाई सञ्जीवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झवीन्द्र भट्टराईले जानकारी दिएका छन् ।

बसमा समान्य क्षति हुनाका साथै घाइतेको अवस्था मध्यम रहेको र केही उपचारपछि घर फर्केको प्रहरीले जनाएको छ । कसले बम प्रहार गरेको भन्ने कुरा खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस