बुधबार मन्त्रिमण्डल विस्तार हुँदैः यि हुन् सम्भावित मन्त्री « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बुधबार मन्त्रिमण्डल विस्तार हुँदैः यि हुन् सम्भावित मन्त्री


प्रशासन विशेष ब्युरो

८ फाल्गुन २०७४, मंगलबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वुधवार माओवादी केन्द्रका मन्त्रीहरुलाई सहभागी गराउदै सरकार विस्तारको तयारी गरेका छन् ।

जनसंख्या तथा वातावरण मन्त्री लालवावु पण्डितले वुधवारसम्म सरकार विस्तार हुने जानकारी दिए । ‘वुधवार सरकारमा धेरै मन्त्रीहरु थपहुनुहुनेछ ।’ मन्त्री पण्डितले भने ।

माओवादी केन्द्रले पार्टीका वरिष्ठ नेता रामवहादुर थापाको नेतृत्वमा आफ्ना मन्त्रीहरुलाई सरकारमा पठाउने तयारी गरेको माओवादी केन्द्र उच्च स्रोतले जानकारी दिएको छ ।

माओवादी स्रोतकाअनुसार माओवादीबाट मातृका यादव, पम्फा भुसाल, चन्द्रमणि खनाल वलदेव, देवेन्द्र पौडेल, टोप वहादुर रायमाझी, शक्ति बस्नेत लगायत मन्त्री बन्ने भएका छन् ।

यसैगरि एमाले बाट महासचिव इश्वर पोख्रेल, सचिव प्रदिप ज्ञावली, योगेश भट्टराई, रबिन्द्र अधिकारी लगायत मन्त्री बन्ने सम्भावना रहेको एमाले स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस