प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा कोइराला « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा कोइराला


८ फाल्गुन २०७४, मंगलबार


इनरुवा । प्रदेश नम्बर १ नेपाली कांग्रेस संसदीय दलको नेतामा राजीव कोइराला सर्वसम्मत चयन भएका छन् ।

संसदीय दलको सोमबार विराटनगरमा बसेको बैठकले कोइरालालाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो ।

संसदीय दलको नेताका लागि पार्टीका दुईजना आकांक्षी रहेका प्रदेश सांसद केदार कार्की र शेखरचन्द्र थापाले अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिएपछि कोइराला निर्विरोध चयन भएका नेपाली कांग्रेस सुनसरीका सचिव केदार भण्डारीले जानकारी दिए । कोइराला कांग्रेसका सुनसरी सभापतिसमेत हुन् ।

कोइराला प्रदेशभाको निर्वाचनका बेला सुनसरी क्षेत्र नम्बर २ (ख) बाट प्रत्यक्षतर्फ प्रदेशसभा सांसदमा विजयी भएका थिए ।

स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सुनसरीमा कोइरालाको कुशल नेतृत्व कै कारण सुनसरीमा कांग्रेसको राम्रो नतिजा आएको थियो । कोइरालालाई मंगलबार प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस