प्रहरीले ‘खोजिरहेका’ सिलवाल प्रधानमन्त्री निवासमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रहरीले ‘खोजिरहेका’ सिलवाल प्रधानमन्त्री निवासमा


प्रशासन विशेष ब्युरो

८ फाल्गुन २०७४, मंगलबार


काठमाडौं । कार्यसम्पादन मूल्यांकन कीर्ते मुद्दामा प्रहरीले व्यापक खोजी गरिरहेका पूर्वडीआईजी एवं एमाले सांसद् नवराज सिलवाल केपी ओली प्रधानमन्त्री बनेलगत्तै सार्वजनिक स्थानमा देखिएका छन् ।

उनी सोमबार साँझ एमाले नेता माधवकुमार नेपालसँग प्रधानमन्त्री ओलीलाई भेट्न उनको सरकारी निवास बालुवाटार पुगेका थिए ।

सरकारी छाप दस्तखत कीर्ते मुद्दामा सर्वोच्च अदालतको आदेशपछि प्रहरीले सिलवालको व्यापक खोजी जारी राखेको छ । पुस दोस्रो साता मात्रै महानगरीय प्रहरी परिसर, काठमाडौंले सिलवालाई बयानका लागि उपस्थित गराउन भन्दै प्रहरी परिसर, ललितपुरलाई पत्रचार गरेको थियो ।

सिलवाल फेला नपरेपछि प्रहरी प्रधान कार्यालयले सातै प्रदेशका प्रहरी कार्यालयलाई पत्राचार गर्दै खोजी जारी राख्न सर्कुलर गरेको थियो । यति गर्दा पनि फेला नपरेपछि प्रहरी प्रधान कार्यालयले सिलवालका नाममा इन्टरपोलमार्फत डिफ्युजन नोटिस समेत जारी गरिसकेको छ ।

यही बीचमा सिलावल प्रधानमन्त्री निवास बालुवाटार पुगेको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस