एमाले–माओवादी एकता सहमतिमा सम्भवत आजै हस्ताक्षर हुने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एमाले–माओवादी एकता सहमतिमा सम्भवत आजै हस्ताक्षर हुने


प्रशासन विशेष ब्युरो

७ फाल्गुन २०७४, सोमबार


काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताबारे सहमति हुने करीब करीब निश्चित भएको छ ।

शनिबार र आइतबार एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भएका छलफलले एकताका मुद्दामा सहमति जुटेपछि आज साँझ नै हस्ताक्षरको तयारी रहेको जनाइएको छ ।

बालुवाटारको एकता संयोजन समितिको बैठकले यसलाई अनुमोदन गर्ने नेताहरुले बताएका छन् । संयोजन समितिले अनुमोदन गरेपछि पार्टी एकताको औपचारिक घोषणा हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस