प्रदेश सभा सांसद शाहीद्वारा राजिनामा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रदेश सभा सांसद शाहीद्वारा राजिनामा


७ फाल्गुन २०७४, सोमबार


मुगु । प्रदेश नम्बर ६ को मन्त्रिमण्डल गठन प्रक्रियामा आफु माथी अन्याय हुने गरि पैसाको चलखेल भएको भन्दै मुगु जिल्ला निर्वाचन क्षेत्र ‘ख’ बाट प्रदेश सभामा निर्वाचित सांसद चन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् ।

शाहीले प्रसाको चलखेलले प्रदेश नम्बर ६ मा मन्त्री मण्डल गठन गर्दा एनजियोकर्मी , पार्टीमा कुनै योगदान नदिएका तथा सिकारुहरुलाई मन्त्रीको आरोप लगाएका छन् । यसले लामो समयदेखि पार्टीमा बफादार बनेर
लागेका नेता कार्यकर्ताको अपमान भएको भन्दै राजिनामा दिएको बताएका छन् ।

आईतवार ६ नम्बर प्रदेशको मन्त्रिमण्डल गठन पछि सोमवार विहान काठमाडौं पुगेका सांसद शाहीले पार्टीको साधारण सदस्यमा समेत नरहने गरि हुलाक मार्फत सभामुखलाई सांसद पदबाट राजीनामा दिएको पत्र पठाएका हुन् ।

प्रतिक्रिया दिनुहोस