गजल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गजल


५ फाल्गुन २०७४, शनिबार


आँखामा नि बसेकी छु मुटुमा नि बसेकी छु ।।
तिम्रै निम्ति आँसु बनी सयौं चोटी खसेकी छु ।।

कहाँ छैन ? भन तिमी नभएको ठाउँ छैन ।
तिम्रै प्रेमको सुगन्ध अङ्ग–अङ्ग घसेकी छु ।।

किन खोज्छौ तिमी मलाई बाहिरी दुनियामा ।
धमनी र शिरा हुँदै मुटु भित्रै पसेकी छु ।।

तिम्रो सुन्दर जिन्दगीको प्रेमील कहानी हुँ म ।
तिम्रै मनको मन्दिरमा प्रितिले सजेकी छु ।।

आशावादी जीवनमा श्रृखण्डको ‘टीका’ बनी ।
तिमीलाई सजाउन मैले कम्मर कसेकी छु ।।

प्रतिक्रिया दिनुहोस