गजल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गजल


५ फाल्गुन २०७४, शनिबार


रावण मख्ख छ उसको बखानदेखी ।
राम अचेल पिडित छन् हनुमानदेखी ।।

पराकाष्ठा भोग्दा–भोग्दा निर्ममताको ।
जहाज स्वयं नै हैरान छ कप्तानदेखी ।

दारा दलेको दल्यै छन् क्रूर साँढेहरूले ।
दिक्क पो भैसक्यो चउर बथानदेखी ।।

थलिएकी छिन् बुढी आमा थाङ्ग्नामा ।
बोक्सीहरू खित्खिताए लगानदेखी ।।

सशंकित छ कसौंडी जसमाथि छ ऊ ।
के पो हुन्थ्यो अरूसंग, ओदानदेखि ।।

‘ग्वालटारे’ किन भन्छ हँ सतर्क बस ?
अरूसँग भन्दा पनि पो ‘श्रीमान’देखि ।

प्रतिक्रिया दिनुहोस