अब डर र त्रसित मानसिकताले काम गर्नुपर्ने अवस्था आउने छैन -मन्त्री पण्डित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अब डर र त्रसित मानसिकताले काम गर्नुपर्ने अवस्था आउने छैन -मन्त्री पण्डित


प्रशासन विशेष ब्युरो

३ फाल्गुन २०७४, बिहिबार


काठमाडौँ । नवनियुक्त जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले देश र जनताका पक्षमा इमान्दारीपूर्वक काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिएका छन् ।

आज साँझ अबेर पदबहालीपछि कर्मचारीलाई निर्देशन दिँदै उनले भने, “स्थायी सरकार गठन भएकाले अब डर र त्रसित मानसिकताले काम गर्नुपर्ने अवस्था आउने छैन, मन्त्रालयको जिम्मेवारी पूरा गर्ने सन्दर्भमा कोहीदेखि डराउनुपर्ने अवस्था रहने छैन ।”

यसअघि मन्त्रालयका सचिव प्रकाश माथेमाले विकास र वातावरणलाई सन्तुलन कायम गरी अगाडि बढ्नुपर्ने आवश्यकताबारे मन्त्री पण्डितलाई जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस