भष्ट्राचारमा सुन्य सहनशीलताको नीति लिने प्रधानमन्त्री ओलीको उद्घोष « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

भष्ट्राचारमा सुन्य सहनशीलताको नीति लिने प्रधानमन्त्री ओलीको उद्घोष


प्रशासन विशेष ब्युरो

३ फाल्गुन २०७४, बिहिबार


काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारमा शून्य सहनशीलता ब्यवहारमा नै लागू गर्ने बताएका छन् ।

‘भ्रष्टाचारमा शून्य सहनशीलता भन्ने कुरा मात्रै होइन कार्यान्वयन गर्ने हो’ उनले भने । भ्रष्टाचार नियन्त्रण आफ्नो प्रमुख प्राथमिकता रहेको बताउदै ओलीले भ्रष्टाचारमा भेदभाव र संरक्षणको कुनै कुरा हुन नसक्ने बताए ।

बिहीबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पदभार ग्रहण गरेलगत्तै उनले संचारकर्मिहरुसंग कुरा गर्दै २ वर्षभित्र सबै गाउँपालिका र नगरपालिकामा सीटीईभीटीबाट मान्यता प्राप्त प्राविधिक शिक्षालय स्थापना गर्ने घोषणा समेत गरेका छन् ।

प्रधानमन्त्री ओलीले संसदका सम्पूर्ण गतिविधि संचालन हुने गरी संघीय संसदको भवन पनि २ वर्षभित्रै निर्माण गर्ने योजना पनि अघि सारेका छन् ।

प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपाली बनाउन सबै तहको सरकारलाई जनमुखि, प्रभावकारी र सवल रुपमा संचालन गर्न बिभिन्न पाँचवटा निर्णयमा हस्ताक्षर गरेका छन् । जस अन्तर्गत आर्थिक समृद्धिका लागि कृषिको व्यवसायीकरण, शिक्षा, स्वास्थ्य, खानेपानीको आपूर्ति व्यवस्थामा जोड जोड दिने बताएका छन् । साथै बाह्य लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न आफूले प्राथमिकता दिने उनले वताएका छन् ।

प्रतिक्रिया दिनुहोस