प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल फागुन ६ गतेदेखि « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल फागुन ६ गतेदेखि


प्रशासन विशेष ब्युरो

३ फाल्गुन २०७४, बिहिबार


काठमाडौँ । प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता, २०७४ यही फागुन ६ देखि १२ गतेसम्म संचालन हुने भएको छ ।

सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्र लगनखेलमा हुने तेस्रो संस्करणको खुल्ला राष्ट्रिय प्रतियोगितामा तीन विभागीय टोली (त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल) सहित पाँच विकास क्षेत्रका आठ टोलीले प्रतिष्पर्धा गर्ने नेपाली सेनाले जनाएको छ ।

सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख जनसम्पर्क महाशाखा प्रमुख महासेनानी विजय थापाले भलिबल प्रतियोगिता लिग कम आउटका आधारमा सञ्चालन हुने जानकारी दिए ।

विसं २०७२ देखि शुरु भएको सो प्रतियोगिताको प्रथम र द्वितीय संस्करणमा सेनाको त्रिभुवन आर्मी क्लबका टोलीले प्रथम भई वर्चश्व कायम गरेका थिए । प्रतियोगितामा प्रथम हुनेले रु तीन लाख, द्वितीय हुनेले रु एक लाख ५० हजार तथा तृतीय हुनेले रु ७५ हजार नगदसहित ट्रफी प्राप्त गर्ने छन् । साथै उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर तथा प्रशिक्षकले रु १० हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्ने छन् ।

पत्रकार सम्मेलनमा महासेनानी थापाले भलिबल प्रतियोगिताले नेपाली भलिबल खेलको विकासका साथै सैनिक नागरिक सम्बन्धलाई अझ प्रगाढ बनाउने बताए ।

नेपाली सेनाले आफूलाई दिएको मूख्य जिम्मेवारी निर्वाह गर्नूको अलावा खेलकूद विधामा पनि दक्षता हासिल गर्ने अभिप्राय राखि आफ्ना खेलाडीहरुको शारीरिक तथा मानसिक विकासको साथसाथै उचित प्रशिक्षण प्राप्त होस् भन्ने हेतूले वि.सं.२०७२ सालबाट प्रधान सेनापति राष्ट्रिष् पूरुष भलिबल प्रतियोगिताको आयोजना गर्दै आईरहेको पत्रकार सम्मेलनका क्रममा जानकारी दिइएको छ ।

नेपाली सेनाद्धारा सेनाद्धारा आयोजित उक्त प्रतियोगिताको प्रायोजकमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस