विश्वकप छनोट खेल्न बुधबारको खेल जित्नै पर्ने दबाबमा नेपाल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विश्वकप छनोट खेल्न बुधबारको खेल जित्नै पर्ने दबाबमा नेपाल


प्रशासन विशेष ब्युरो

१ फाल्गुन २०७४, मंगलबार


काठमाडौँ । विश्वकप छनोट खेल्न नेपाललाई बुधबार क्यानडालाई हराउनै पर्ने दबाब परेको छ ।

आइसिसी विश्व क्रिकेट लिग डिभिजन टूअन्तर्गत आज भएको खेलमा नामिबियाले केन्यामाथि आठ विकेटको जित हात पारेसँगै रनरेटको आधारमा नेपाललाई पछि पार्दै नामिबिया अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

अन्तिम चरणको खेल बाँकी हुँदा क्यानडा, नामिबिया र नेपालको समान ६ अंक छ । तर रनरेटमा पछि रहेको नेपाल तेस्रो स्थानमा झरेको छ ।

बुधबार अन्तिम दिन हुने खेलले विश्वकप छनोटमा पुग्ने दुई टोलीको टुंगो लाग्नेछ । नेपालले बुधबार शीर्ष स्थानको क्यानडासँग खेल्दैछ भने नामिबियाले चौथो स्थानको युएइसँग खेल्नेछ । अब नेपालले शीर्ष दुईमा स्थान बनाउँदै वान डे वल्र्डकप क्वालिफायरमा स्थान बनाउन क्यानडालाई हराउनै पर्नेछ । हराउन असफल भएमा नेपालको यात्रा डिभिजन टू मै यथावत रहने सम्भावना बढी हुन्छ ।

डिभिजन टू को शीर्ष दुई स्थानमा रहने टोली वल्डकप क्वालिफायरमा छनोट हुनेछन् भने तेस्रो र चौथो स्थानमा रहने टोली डिभिजन टू मै यथावत रहनेछन् । अहिलेसम्म एक खेल पनि जित्न नसकेको केन्या डिभिजन टुबाट थ्री मा घटुवा भइसकेको छ

नेपालले समूह चरणको अन्तिम खेलमा भोलि शीर्ष स्थानमा रहेको क्यानडाको सामना गर्नेछ ।

पहिलो खेलमा नामिबियामाथि रोमाञ्चक जित निकालेको नेपालले दोस्रो खेलमा ओमानसँग हार व्यहोरेको थियो भने तेस्रो खेलमा सोमबार युएइलाई हराएको थियो ।

भोलि नेपालले क्यानडासँग खेल्दा घरेलु टोलीले नामिबियाले युएइको सामना गर्नेछ । यदि नेपालले जित्यो भने सोझै फाइनलसँगै विश्वकप छनोटमा स्थान पक्का गर्नेछ ।

गत असोजमा नेपाल डिभिजन वानबाट डिभिजन टु मा घटुवा भएको थियो ।

अहिलेसम्मको अंतालिका यस प्रकार छ

देश म्याच जित हार बराबरी अंक रनरेट
क्यानडा ४ ३ १ ० ६ १।११६
नामिबिया ४ ३ १ ० ६ ०।७८७
नेपाल ४ ३ १ ० ६ –०।१५८
युएइ ४ २ २ ० ४ १।२२१
ओमान ४ १ ३ ० २ –०।६२९
केन्या ४ ० ४ ० ० –२।१९८
–––

प्रतिक्रिया दिनुहोस