कार्तिक १ गते, २०७५

‘लहड र रहरले क्रान्ति हुन्न, समाजवादका लागि सबै कम्युनिष्टको एउटै केन्द्र बन्नु जरुरीं– प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमद दाहाल ‘प्रचण्ड’ले सबै कम्युनिष्टहरुलाई एउटै कम्युनिष्ट केन्द्रमा सामेल हुन आव्हान गरेका छन् ।

नेकपा माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा आयोजित ‘२३ औं जनयुद्द दिवस’को अवसरमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समृद्धि र समाजवादको निर्माण गर्ने असाधारण ऐतिहासिक अवसर रहेको बताउँदै सबै कम्युनिष्टहरुलाई एउटै केन्द्रमा समाहित हुन आव्हान गरेका हुन् ।

‘अहिले समृद्धि र समाजवादको आधार तयार गर्ने ऐतिहासिक असाधारण अवसर हाम्रा सामु छ ।’ प्रचण्डले भने, ‘लहड र रहरले क्रान्ति हुन्न, त्यसो हुने भए हामीले २०४६ साल अघि नै जनयुद्द शुरु गरिसक्थ्यौं, त्यसैले वैद्य, विप्लवलगायत सबै कम्युनिष्टहरुलाई इतिहासको आवश्यकता बुझेर महान एकता प्रक्रियामा सहभागी हुन आव्हान गर्दछु ।’ उनले यो आफ्नो अपिल पनि भएको बताए ।

समाजवादका लागि झन ठूलो जनताको साथ र शक्ति आवश्यक हुन्छ । त्यो शक्ति सञ्चय गरेर अघि बढन नेपालका सबै कम्युनिष्टहरु एक बन्नु जरुरी छ । अहिलेको ऐतिहासिक बस्तुगत अवस्था यही हो, उनले भने ।

२०४६ साल अगाडि नै हतियार जम्मा गरेर क्रान्तिको तयारी गर्ने भएपनि त्यतिखेर आम जनता भने पञ्चायतविरोधी आन्दोलनको मनस्थितिमा रहेकोले छापामार युद्द सञ्चालन गरे पञ्चायतलाई नै सहयोग पुग्ने निश्कर्षमा पुगेर जनआन्दोलनमा सहभागी भएको प्रचण्डले बताए ।

२०४६ साल पछि पाँच वर्ष संसदीय व्यवस्थाको उपयोग गरेर जनयुद्दको शुरुआत गर्नु आत्मगत र बस्तुगत दृष्टिकोणले वैज्ञानिक थियो भन्दै प्रचण्डले त्यतिखेर संसदीय व्यवस्थाको उपयोग गरेर जनयुद्दको आधार तयार पारेको बताए । ‘म सबैलाई स्मरण गराउन चाहन्छौं, हामी त्यतिखेर पनि संसदवादमा फसेनौं । इतिहासमा सधैं अगाडि बढेर मात्रै क्रान्ति हुँदैन । कतिपय अवस्थामा पछाडि हटेर पनि अगाडि बढनुपर्छ । यसो गरिएमात्रै क्रान्ति सफल हुन्छ ।’ प्रचण्डले भने, ‘अहिले हामी फेरी त्यही अवस्थामा छौं, तर अब समाजवादी क्रान्तिको अभिभारा हाम्रा अगाडि आएको छ । समाजवादका लागि झन ठूलो जनताको साथ र शक्ति आवश्यक हुन्छ । त्यो शक्ति सञ्चय गरेर अघि बढन नेपालका सबै कम्युनिष्टहरु एक बन्नु जरुरी छ । अहिलेको ऐतिहासिक बस्तुगत अवस्था यही हो ।’

इतिहासको यही आवश्यकतालाई बोध गरेर नेकपा एमालेसँग पार्टी एकता भइरहेको बताउँदै अध्यक्ष प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजको राजनीतिक, सामाजिक, आर्थिक रुपान्तरणमा जनयुद्दको विशेष भूमिका रहेको कुरा बुझेको बताए । प्रचण्डले भने , ‘सम्भवतः हामी ऐतिहासिक जनयुद्दकै दिन पार्टी एकता टुंगोमा पुर्याउने कोशीसमा छौं ।’

सम्बोधन अघि जनयुद्द दिवस समारोहको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले २३ किलोको केक काटेका थिए ।

फाल्गुन १ गते, २०७४ - १६ः३८ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

underhealth
gsdfs dfg