फाल्गुन १० गते, २०७४

२१ वर्षपछि पक्राउ परेका लारी जेल चलान

काठमाडौं । लागूऔषध मुद्दामा फरार रहेको २१ वर्षपछि पक्राउ परेका मस्कुर अहमद लारीलाई जेल चलान गरिएको छ । लारी काठमाडौंको बानेश्वरस्थित एभरेस्ट होटलका सञ्चालक पनि हुन् । लारी २५ माघमा पक्राउ परेका थिए ।

जिल्ला अदालत काठमाडौंले सोमबार लारीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । लारीलार्इ केन्द्रीय कारागार, सुन्धारामा राखिएको छ ।

सन् १९९७ मा जर्मनीको विमानस्थलमा बरामद गरिएको २ सय ५० केजी लागूऔषध चरेसको अनुसन्धानका क्रममा उनको संलग्नता रहेको खुलेको थियो ।

फाल्गुन १ गते, २०७४ - १३ः०४ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg