कुशासनको दुष्चक्रमा प्रविधिमैत्री शासनको भूमिका « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कुशासनको दुष्चक्रमा प्रविधिमैत्री शासनको भूमिका


राम प्रसाद सापकोटा

१ फाल्गुन २०७४, मंगलबार


सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम निष्पक्ष, पारदर्शी, भ्रष्टाचार मुक्त, जनउत्तरदायी र सहभागिततामूलक बनाउँदै राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभूति गर्ने राज्यको मुल नीति रहदाँ रहदै पनि नेपालमा भएको पटक पटक राजनैतिक परिवर्तनहरुले भूईतहका जनतासम्मलाई सकारात्मक अनुभव दिन सकेको छैन । हरेक पटकको परिवर्तनमा संलग्न राजनैतिक नेतृत्वमा संर्घषमा अब्बलता शासकीय दक्षतामा दुर्वलता रहदै आयो । तीनले त केवल पहिलोले भोग गरिरहेको विलास पछिल्लो परिवर्तनको अगुवाहरुको पैैतृक अधिकार मानी आफूमा रुपान्तरण मात्र गरि रहे ।

नीतिलाई सफल पार्न सार्वजनिक प्रशासनलाई जनमुखी, जवाफदेही, पारदर्शी, समावेशी तथा जनसहभागितामूलक बनाई त्यसको प्रतिफल सर्वसाधारणलाई उपलब्ध गराउन, कानूनको शासन, भ्रष्टाचारमुक्त र चुस्त प्रशासन, विकेन्द्रीकरण, आर्थिक अनुशासन तथा सार्वजनिक कार्य र स्रोतको कुशल व्यवस्थापन जस्ता असल शासनका आधारभूत मान्यतालाई आत्मसात् गरी सर्वसाधारणले पाउन पर्ने सेवा छिटो छरितो तथा कम खर्चिलो ढङ्गबाट पाउने अवस्था सृजना गर्न, सुशासन पाउने नागरिकको अधिकारलाई व्यवहारमा उतारी कार्यान्वयनमा ल्याउन, र प्रशासन संयन्त्रलाई सेवाप्रदायक संयन्त्र तथा सहजकर्ताको रुपमा रुपान्तरण गरी मुलुकमा सुशासनको प्रत्याभूति दिने प्रबन्ध समेत गरिएको पाइन्छ ।

प्रसिद्ध विद्धान विल्ड्रो विल्सनले प्रशासन र राजनीतिको सिमा र सम्बन्धका विषयमा कोरिदिएका धर्साहरु मुखाग्र कण्ठ गरि सफलभएका प्रशासकहरु हुन् वा जनताका आवश्यकता अनुसार नीति निमार्ण गर्ने प्रतिनिधीहरु हुन् तिनले आजको दिनमा ती धर्साहरुलाई यसरी गुजुल्टो बनाएका छन् की एक वर्गले गर्ने अनैतिक तथा अनुचित कार्य अर्को वर्गको लागि पनि अनैतिक तथा अनुचित कार्यको अनुमति तथा अधिकारको हो । जबकी प्रशासनको गन्तव्य वैधानिक राजनैतिक नेतृत्वको संरक्षणमा मनोवल र उत्प्रेरणा सहित दक्ष जनशक्तिको माध्यम मार्फत जनताकालागि गुणस्तरीय सेवा प्रवाह गर्नु हो ।

आजको प्रशासनमा उत्प्रेरणा र मनोबलका सम्बन्धमा चर्चा गर्नु भनेको आफैलाई जोकर सावित गर्नु हो भन्दा अन्यथा लिनपर्ने अवस्था छैन । अवस्था यतिसम्म गम्भीर देखिन्छ की एकाध कुनै स्वः उत्प्रेरित विशिष्ट श्रेणीको कर्मचारी उच्च मनोवलका साथ कुनै अनुचित कार्य अस्वीकार गर्ने दृढताका साथ नेताको निवास प्रवेश गर्दा आफ्नो गाडी चालकलाई एक डेढ घण्टामा कम्पाण्डबाट बाहिर आईन भने घर परिवारलाई खबर गरिदिनु भन्ने सूचना दिई भित्र प्रवेश गर्नुपर्ने अवस्था रहेको पाईन्छ, सुनिन्छ । यस्ता किसिमका परिदृश्यलाई प्रशासकहरुले भने राम्रै सँग सफलताको सुत्र स्वरुप उपयोग गर्दै आई रहेका छन् ।

आजको दिनमा अधिकांश प्रशासकको उद्येश्य भनेकै सफल हुनु हो, सक्षम हुनु होइन । सफलताको मापदण्ड भनेकै धन भएको छ, चाहे त्यो अनुचित आर्जन किन नहोस् । सक्षमताका साथ कार्य सम्पादन गरी जनतालाई सहज रुपमा सेवा वितरण गर्नु भनेको सफलता होइन, त्यो त मूर्खता हो । यस किसिमको सोंच राजनीति, प्रशासन तथा समाजको हर क्षेत्रमा रहेका मानिसहरुको अवचेतन मष्तिकमा स्थापित भई सकेको छ । उच्चस्तरमा पदासिन, राज्यका महत्वपूर्ण अंगका नेतृत्वबाट उत्तेजक र अनैतिक कुरा खुल्लमखुल्ला आउँदा पनि त्यसलाई सामान्य रुपमा लिन हामी अभ्यस्त भई सकेका छौ । त्यसैगरी राजनैतिक नेतृत्वबाट आउने कालो धनलाई सेतो बनाउने कुरालाई हामी जायज कुरा बुझन थालिसक्यौ ।

स्वभावैले मानिसहरुका चाहाना अनन्त हुन्छन् । एउटा पूर्ति हुदाँ अर्को सिर्जना हुन्छ । यसै अवधारणा स्वरुप विद्धान अब्राहम मास्लोले विकास गरेको सिद्धान्तमा उल्लेखित आत्मासम्मान र आत्माबोधको अवस्थामा कुनै पनि राजनीतिज्ञ तथा प्रशासकहरु पुग्न सकिरहेका छैनन् । राजनीति र प्रशासन दुबै तर्फ आरोग्य तत्व तथा उत्प्रेरक तत्वको कुरा लगभग सबैले बिर्सिसकिएको अवस्था छ ।

यस्तो भयावह स्थितीको र्सिजना किन हुन गयो त ? हैन, हुँदैन भन्दा भन्दै मानिसमा हुने व्यक्त बस्तु र गुप्त विचारमा रहने अन्तरले हुन जाने सामान्य मनोवैज्ञानिक गल्तीका कारण यो हाम्रो विश्वास प्रणाली कै रुपमा विकास भई हामी कुशासनको स्थितीमा पुगी यसको दुष्चक्रमा फस्न पुगेका हौ । जुन कुशासनको दुष्चक्रलाई निम्नाअनुसार प्रस्तुत गर्न सकिन्छ ।

स्वस्थ शरीरलाई पोषणयुक्त खानाको अनिवार्य आवश्यकता भए झै स्वस्थ मष्तिस्कलाई पनि पोषणको आवश्यकता पदर्छ भन्ने कुराको हेक्का लगभग राजनीति र प्रशासन भित्र विलिन भई सकेको अवस्था छ । मानिसका पाँच इन्द्रियहरु आँखा, कान, नाक, छाला र जिब्रोले मष्तिस्कका लागि वातावरणबाट खाना लिई दैनिक पोषण प्रदान गर्दछ । यी पाँच इन्द्रियहरुले हरेक नेपालीलाई दैनिक कस्तो पोषण प्रदान गरिरहेको छ, सर्व विदिदैछ । मष्तिस्कलाई प्राप्त पोषणको पोसाइ अवचेतन मनमा बसी विश्वास प्रणालीको निमार्ण हुन जान्छ । यसरी निमार्ण हुने विश्वास प्रणालीले नै मानिसहरुका विचार निमार्ण गर्दछ । सोही विचार अनुसार नै मानिसहरु आप्mना कार्यहरु गर्दछन् । चाहे प्रशासन भित्र होस् वा समाजमा होस् । निजहरुले गर्ने दैनिक कार्यहरुले नै आदतको निमार्ण गर्दछ । यस्तो आदत नै चरित्र निमार्णको तत्व हो र यो तत्व नै मानिसको प्रवृत्ति बन्न पुग्दछ । निमार्ण हुन गएको प्रवृत्ति सहित मानिसहरु कार्यमा जाने हुनाले सोही अनुसारको परिणाम प्राप्त हुन्छ । यीनै कारणहरुको परिणाम स्वरुप कुसासनको दुश्चक्र निमार्ण हुन गएको हो ।

कालो धनलाई सेतोमा रुपान्तरणका कुरा गर्नेहरु हुन् वा अनैतिक र उत्तेजक कुरा गर्नेहरु हुन् वा तिनका समर्थनमा निस्कने बोलीवालाहरु हुन् ति सबै मष्तिस्कका लागि वातावरणबाट दैनिक नकारात्मक खाना प्राप्त गरि रहेका मानिसहरु हुन् । त्यसैगरि आ–आफ्नो स्तर र क्षेत्र बमोजिम गक्ष अनुसार कुकर्ममा पटक पटक सहभागी भई त्यही अनुसार विश्वास प्रणाली विकास गरिसकेका मानिसहरु हुन् ।

आफ्नो सहभागीताका कारण आफु र आफ्नाई बचाउन, अनैतिक उत्तेजक तथा धन रुपान्तरणका कुराहरु गरी विकास र भ्रष्टाचारलाई हार्दिकताका साथ सँगै लगि सुशासनको नाटक मञ्चन गर्ने मनसायले नै जनता सामु पेश गरिरहेका छन् । यी कुराहरुलाई वर्तमान अवस्थामा वास्तविकता र जायज मान्न सकिन्छ । किनकी हाम्रो विश्वास प्रणाली, विचार निमार्ण, कर्म, आदत, चरित्र, प्रवृत्ति,कारवाही र परिणामको प्राकृतिक चक्र नै नकारात्मकता बाट निमार्ण भएको छ ।

अदभुत किसिमले संसारमा दु्रत विकास भईरहेको सूचना संचार प्रविधिले मानिसहरुलाई पूर्ण पारदर्शिता तर्फको यात्रामा लगिरहेको छ । अबका दिनमा मानिसहरुका लुकाउन छिपाउन पर्ने विषयहरु क्रमशः साघुरिदै गईरहेका छन् । यसको दु्रत विकासले पूर्ण सहभागितात्मक लोकतन्त्रको लक्ष्यलाई पछ्याउँदै छ ।

मानिसहरुका व्यक्तिगत स्वतन्त्रतालाई पूर्ण स्वाधिन बनाउँदै छ । यसको उपयोगबाट हाम्रो समग्र समाजमा मानिसहरुमा रहेको नकारात्मक विश्वास प्रणालीलाई सकारात्मक विश्वास प्रणालीमा रुपान्तरण गर्न सम्भव छ । भुक्तानीका कुरा, राजश्व असुलीका कुरा, सेवा वितरणका कुरा, सेवा प्राप्त गर्ने कुरा, वोलपत्रहरु आवह्रानका कुरा, वोलपत्र पेशका कुरा, अभिलेख राख्ने कुरा, अभिलेख खोज्ने कुरा मुद्धा पेशी लिने/दिने कुरा, अदालतका निर्णय तथा आदेश प्राप्त गर्ने कुरा आदि जस्ता दिन दैनिक मानिसहरुले गर्ने व्यवहारबाट नै माष्तिस्कको लागि वातावरणीय खाना उपलब्ध हुन्छ । दुई पक्ष बीचको प्रत्यक्ष भेटमा हुने कानूनी प्रकृया र कार्यविधिका विषयमा वा त्यसको बहानामा हुने संवादले मानिसहरुको विचार निमार्ण हुने गर्दछ । यस्तो सामान्य विन्दुमा नै कुशासनको भ्रुण बस्न पुग्दछ । यस्ता घटना पटक पटक दोहोरिदाँ अवचेतन मष्तिस्कमा विश्वास प्रणालीले रुपधारण गर्दछ ।

सूचना संचार प्रविधिको उपयोगले त्यसको अन्त्य गराउन ठूलो मद्यत पु¥याउँदछ । यसमा सेवा वितरक र प्रापक बीच भेट अनिवार्य हुँदैन । कुनै पनि कानुन तथा कार्यविधिको उल्लंघन प्रायः असम्भव नै हुन्छ । त्यसमा कानुन तथा कार्यविधि बमोजिम प्रणालीको निमार्ण तथा स्वःसञ्चालनको व्यवस्था गरिन्छ ।

आज दुनियामा प्रति सेकेण्ड दुईलाख छपन्न हजार भुक्तानीहरु सेटलमेन्ट हुने प्रणालीहरु विकास भई सञ्चालनमा आई सकेको छ । यसको विकासले अर्थतन्त्रमा नगद, डेविट/क्रेडिट कार्ड तथा चेक सञ्चालनलाई विस्थापित गर्दैछ । प्रकृतिमा हुने तथा मानव समुदायले गर्ने कार्य सम्बन्धि घटनाका विषयलाई स्वतः तथ्यांकमा रुपान्तरण गराई तिनको उपयोग गर्ने मेगा तथ्यांक व्यवस्थापनको अवधारण बमोजिम यस क्षेत्रमा कार्यहरु शुरुभई सकेको छ ।

हामी कुशासनको दुष्चक्रमा फसेका कारण यस डिजिटल प्रविधिको माध्यमबाट अन्य प्रणालहरु सञ्चालनकको प्रारम्भिक चरणको सामान्य कार्यका लागि संघर्षरत छौ । मानिसहरुलाई लाग्न सक्दछ यो पनि मानिसहरुले नै सञ्चालन गर्ने हो । सुपर एडमिनबाट बदमासी हुन सक्दछ । यो सम्भव छ तर न्यून पनि छ । सन्तुलन र नियन्त्रको सिद्धान्त बमोजिम त्यसो भएमा तेस्रो पक्ष मार्फत बदमासी सहजै पत्ता लगाउन सकिन्छ । चोर पुलिसको खेल संसारभरी सदाकाल रहने हुनाले यसको सुरक्षा प्रणाली मजबुत बनाई खेललाई नियन्त्रण गर्न सकिन्छ ।

कम्प्यूटर एउटा मूर्ख मेशिन हो । यसले जे आदेश त्यो मात्र पालना गर्दछ । यस्तो भनाई हुदाँहुँदै पनि सूचना संचार प्रणालीको उपयोगबाट यी कुरा सम्भव छ । किनकी त्यसको मूर्खताका कारण नै यो सम्भव हुन जाने हो । तोकिएका कार्यविधि, कानुन, समय, मूल्य,दर, नियमहरु आदीलाई प्रणालीमा सुनिश्चि गरिन्छ । प्रयोगकर्ता वा सेवा वितरकले यसलाई परिवर्तन गर्न सक्दैनन् ।

पारदर्शिता नै सुद्धिकरणको सबैभन्दा उपयुक्त उपाय हो । सुद्धिकरणबाट नै मानिसहरुका विचार, सोंचमा सकारात्मक परिवर्तन हुन्छ । कार्यसम्म्पादको सबै भन्दा पारदर्शि माध्यम नै वर्तमान अवस्थामा सूचना संचार प्रणाली हो । यो आफैमा स्वतन्त्र प्रणाली नभई अन्य प्रशासन भित्र रहेका प्रणालीहरुलाई पारदर्शी, शुद्ध, सुनिश्चि र व्यवस्थित अभिलेखिकरण गर्ने माध्यम मात्र हो । यी कुराहरु नभएका कारण नै आम मानिसहरुमा राजनीति र प्रशासन प्रति नकारात्मक अवधारणा रहेको हो ।

निजहरुको प्रशासनसँग हुने दैनिक संसर्गलाई सहज, सरल, छिटो, छरितो गर्न सूचना संचार प्रविधिको उपयोग बरदान नै हो । यस्तो प्रणाली निमार्ण तथा व्यवस्थापन गर्न नेपालमा नै पर्याप्त जनशक्ति रहेको छ । त्यो जन शक्तिलाई उत्पे्ररित गरि आकर्षण गर्ने दायित्व मात्र प्रशासन र राजनीति हो । फेरी कुरा आउँछ कार्यान्वयन तहमा अधिकाँश नकारात्मक विश्वास प्रणाली भएकाको दवदवा त यथावत छ । तीनमा कुनै तत्परात छैन । यसको दु्रत कार्यान्वयन कसरी सम्भव छ ? प्रश्न जटिल हुँदाहुँदै पनि नेपालले गरेको अन्तराष्ट्रिय प्रतिवद्धता, नव युवाहरुमा भएको स्वतन्त्र चेतनाको दु्रत विकास, विश्व रंगमञ्चमा भएको घटनाको रियल टाईम जानकारी, सुशसानको अन्तराष्ट्रिय साझा मुद्धा तथा प्रतिबद्धता, दातृ निकायहरु संग लगानी स्वीकार गर्दाका प्रतिवद्धता, वैदेशिक भ्रमणको अनुभवबाट उत्पत्ति हुने ग्लानी भाव, यसको लगानीबाट आउने सम्भावित कमिशनको लोभ, मिडियाको निरन्तर खबरदारी, नागरिक स्तरबाट सृजान हुने दवाव आदिको कारणहरुले गर्दा कुशासनको दुष्चक्र भित्रका पात्रहरु चेपुवामा परी सूचना संचार प्रविधिमा लगानी, विकास र उपयोग सम्बन्धमा तत्पराता देखाउनै पर्ने परिस्थितीको र्सिजना भै सकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस