गजल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गजल


२७ माघ २०७४, शनिबार


निराधार भन्दैछौ दोषी तिमी मलाई किन ।
खोज्दैछौ माया प्रेम हृदय यो जलाई किन ?

गर्छौ कोमलताको बखान आफ्नो मात्रै कति ।
घायल बनाई हास्छौ यो ज्यान गलाई किन ?

छोड्दिन भनेर बाचा गरेकि होईनौ तिमीले ।
दियौ धोका बैगुनीले रणभूमिमा ढलाई किन ?

तिम्रो त वेशै भएकोछ त्यो स्वार्थी काईदाले ।
रमायौ अरुको सपनामा कोरेर सलाई किन ?

क्षणिक खुःशी र आनन्द पाइन्छ गरे बेइमानी ।
बुझ, धोकेबाजीले कसैको हुदैन भलाई किन ?

प्रतिक्रिया दिनुहोस