ढुंगामा कोरिएको कोमल काव्य « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

ढुंगामा कोरिएको कोमल काव्य


२७ माघ २०७४, शनिबार


उही चैतमा साधना शिविर सञ्चालन गर्न म मध्यप्रदेशको खजुराहोमा थिएँ । यो मेरो खजुराहोको तेस्रो यात्रा थियो । प्रत्येकचोटि त्यहाँ पुग्दा मलाई ध्यानको नयाँ अन्तर्दृष्टि र अनुभीति हुन्छ । खजुराहो तन्त्रको एक प्रसिद्ध तीर्थस्थल हो । खजुराहोका मन्दिरहरू विश्वप्रसिद्ध छन् र भारतमा ताजमहलपछि सबै भन्दा पढी पर्यटक आकर्षण गर्ने ठाउँ यही हो । खजुराहोका मन्दिरहरूलाई युनेस्कोले विश्व सांस्कृतिक सम्पदामा सूचीकृत गरेकोले पनि यसको महत्व बुझ्न सकिन्छ । खजुराहोमा तन्त्रका विशिष्ट मन्दिरहरू छन् जसका ग्रेनाइट र लाइम स्टोनका कठोर भित्तामा कामको सूक्ष्मतम संगेगको चित्रण गरिएका भूर्तिहरू कुँदिएका छन् । ढुंगाजस्तो कठोर माध्यमद्वारा कामजस्ते सूक्ष्म भावलाई यति सुन्दररूपमा अभिव्यक्त गर्नु नै खजुराहोका मन्दिरहरूको विश्वप्रसिद्धिको कारण हो । कामको चरम स्खलनको क्षणमा स्त्रीपुरुषको शरीमा हुने सुखद भावलाई छिनोद्वारा ढुंगामा सुन्दररूपमा देखाउनसक्नु खजुराहो मन्दिरको चमत्कार मानिन्छ ।

साधारण बुद्धिको मानिसलाई बाहिरबाट हेर्दा यो सबै कामुक लाग्न सक्छ र ‘मन्दिरजस्तो पवित्र स्थलमा कामकलाका अश्लील दृश्यहरू कोर्नाको आवश्यकता किन पर्यो ?’ भन्ने प्रश्न उठ्न सक्छ । यो प्रश्न सामान्य मासिमा मात्र होइन, गान्धीजीजस्ता महात्मामा पनि उठेको थियो । महात्मा गान्धीको कामदमित मनले खजुराहोको मन्दिरको सौन्दर्यलाई पचाउन सकेन र उनले यसलाई सदाकालागि नष्ट गरिदिने आन्दोलनलाई आर्शिवाद दिएका थिए । गान्धीलाई यी सुन्दर मूर्तिहरू कति कामुक र निन्दनीय लागे भने यी सबै मन्दिरलाई माटोले पुरिदिनुपर्छ भन्ने पुरुषेत्तमदास टन्डन, पट्टवाई सीता रमैया र महादेव देसाईजस्ता व्यक्तिहरूले यी खजुराहोका मन्दिरहरू बनाए भने यसमा हामीले लाज मान्नु पर्ने के छ ? खजुराहोका मन्दिर हाम्रो संस्कृतिका उदात्त पक्षका प्रतिकहरू हुन् । तिनलाई बचाउन जरुरी छ । रवीन्द्रनाथलाई महात्मा गान्धी ‘गुरुदेव’ भनी सम्बोधन गर्थे । उनले साहित्यमा प्राप्त गरेको नोबेल पुरस्कारले त्यसबेला हीनताको ग्रन्थीले पीडित भारतीयहरूलाई ठूलो आत्मसम्मान दिलाएको थियो र त्यही बलले टैगोरले अथक प्रयास गरी खजुराहोका मन्दिरहरूलाई तोडिनबाट जोगाए । खजुराहोका मन्दिरहरू बचाउने पूराश्रेय काव्यहृदयका मनीषी रवीन्द्रनाथलाई जान्छ । यसरी कलाको सुन्दरतम अभिव्यक्ति नैतिकतावादीहरूका हातबाट नष्ट हुनबाट जोगियो

खजुराहो मन्दिर निर्माणको पनि मिठो कथा छ । भारतका मध्ययुगीन यजस्वी सम्राट पृथ्वीराज चौहानका राज्यकवि चन्द्रबधाइले ‘पृथ्वीराजरासो’ नामक महाकाव्यमा यसको इतिहासको सुन्दर वर्णन गरेको पाइन्छ । वर्णनअनुसार काशीका राजपुरोहित इन्द्रजितकी अद्वितीय सुन्दरी कन्या थिई – हेमावती । कथाले भन्छ – इन्द्र उसको सौन्दर्यबाट मोहित थिए र हेमावतीलाई आफ्नो बनाउन चाहन्थे तर हेमावतीको विवाह एक ब्राह्रमण कुलमा भयो । इन्द्रले त्यो खप्न नसकी कन्यालाई श्राप दिए जसका कारण ऊ सोह्र वर्षको किशोरी अवस्थामै विधवा हुनपुगी । त्यो किशोरी ग्रीष्मकालको पूर्णिमाको एक सुन्दर रातमा कामको प्रबल आवेगलाई शान्त गर्न रति नामको एक तलाउमा नुहाउन पुगी । तलाउको पानी शीतल स्फूर्तिदायक थियो र उ पौडी खेल्न निर्बस्त्र भएर तलाउमा पसी । यो दृश्यहेरिरहेका चन्द्रदेव त्यो मदहोस गर्ने आकर्षण खप्न सकेनन् र पृथ्वीमा अवतरित भए । हेमावतीलाई अनेक प्रलोभन दिई ऊसँग रास गरे । बिहान चन्द्रदेव विदा हुन लागपछि हेमावतीलाई होस आयो र ‘मैले यो के गरेँ’ भनी पश्चाताप गर्न थाली । सामाजिक प्रताडनाको भयले उसलाई सतायो । यो देखी चन्द्रदेवले हेमावतीलाई ढाडस दिए, तिमी न डराऊ । हाम्रो यस मिलनबाट एक सुन्दर र प्रतापी बालकको जन्म हुनेछ , जसले एक नयाँ चन्द्रवंशी राज्यको स्थापना गर्नेछ र विश्वप्रसिद्ध हुनेछ ।’ हेमावतीले चन्द्रदेवलाई आफ्नो लाज कसरी बचाउने भनी सोध्दा ‘तिमी कर्नावती नदीको किनारमा अवस्थित खजुरवाटिकामा गएर बस र त्यही बालकलाई जन्म देऊ’ भनी सल्लाह दिए । सोहीअनुसार केही महिनापछि खजुराहोमै एक सुन्दर र तेजस्वी बालकको जन्म भयो जसको नाम दन्द्रवर्मन रह्यो । सो बालक सुन्दर र शक्तिशाली भयो । सोह्र वर्षको उमेरमा नै उसले आफ्नो बाहुबलले एउटा सिंहलाई मार्यो । जुन दृश्य पछि चन्देला वंशकै लोगो हुन गयो । कालान्तरमा आफ्नो पराक्रमले चन्द्रवर्मनले अनेक राज्य जिते । काशी नरेशलाई पराजित गरी उडिसादेखि बनारससम्म विशाल चन्देला वंशको साम्राज्य खडा गरे । त्यसपछि चन्द्रवर्मन आफ्नो परिवारसहित खजुराहोमा सुन्दर मन्दिरहरूको निर्माण गरे जसले प्रेम र कामलाई पनि आदरसम्मान दिन सकोस्’ भन्ने इच्छा व्यक्त गरिन् । सोी इच्छा अनुसार खजुराहोमा कामकृत्य दर्शाउने मन्दिरहरूको निर्माण भयो । पछि सोही वंशका अन्य राजाहरूले खजुराहो, पुरी र कोनार्कमा पनि कामको मुधर पक्षलाई परिलक्षित गरी सुन्दर मन्दिरहरू बनाए ।

खजुराहोमा एक समय गुरु गोरखनाथले स्थापना गरेको तन्त्रको माविद्यालय थियो, जहाँ १३ हजारसम्म तन्त्रका साधक, साधिका, योगी, यागिनी तथा आचार्यहरू बस्थे । कुनै बेला तन्त्र हिन्दूधर्मको मूलधार नै थियो । यसका आदि स्थापक सदाशिव हुन् । सदाशिवद्वारा रचित ‘विज्ञान भैरव तन्त्र’ तन्त्रको एक दुर्लभ ग्रन्थ हो । विभिन्न जातिहरूको आगमन र वैदिक धर्मको उदयपछि तन्त्र हिन्दूधर्मको मूलधार रहेन तापनि कुनाकाप्चा र केही विशिष्ट स्थानमा यसको गहन साधना हुन्थ्यो । गोरखनाथलाई शिवकै अंश अवतार मानिन्छ र उनी तान्त्रिक परम्पराका महान् सिद्धहस्त गुरू भए । खजुराहोमा उनकै निर्देशनमा सञ्चालित महान् तान्त्रिक विद्यालय थियो जहाँ तन्त्रको दुर्लभ, विशिष्ट र गुह्य प्रयोगहरू हुन्थे । चन्देल राजाहरू गुरु गोरखनाथका शिष्य थिए ।

तन्त्रसाधनाले मनुष्यको शारीरिक आकर्षणलाई पूर्णरूपेण स्वीकार गर्छ । पुरुष र स्त्रीको स्वाभाविक आकर्षणलाई शिव र शक्तिको पवित्र रूप नै मान्छ । यही स्वाभाविक आकर्षणलाई मुक्तिको सहज मार्ग बनाउँछ । हुन त बृहदारण्यक उपनिषद्मा पनि भनिएको छ, ‘प्रेमीको मधुर आलिङ्गनमा मनुष्यले बाह्य र अन्तर दुवै जगत् सहज रूपमा बिर्सिन्छ ।’ यही अनुभूति आत्माको साक्षात्कार बाट पनि हुन्छ तर त्यो जटिल र लामो छ । तन्त्रको मधुर र सहज बाटोलाई बिर्सेर या बुझ्न नसकेर मनुष्यले योगको जटिल, कठिन र लामो बाटो लिएको देखिन्छ । विशेषरूपले शङ्कराचार्यको मायावाद, बुद्ध र महावीरको श्रमण संस्कृति तथा इस्लामको आक्रमणपछि तन्त्र पूरै विलुप्तै भएर गयो । यसरी दक्षिणबाट खेदिएका तान्त्रिकहरू हिमालयमा आएर लुके र नेपाल हुँदै तिब्बत पसे । तिनीहरूकै प्रभावले तिब्बतमा बुद्धतन्त्रको उदय भयो तर यसरी मनुष्यताले साधनाको सहज, सरल र सरल मार्गलाई बुझ्न नसकी कामदमनको कठोर मार्ग चुन्न पुग्यो, जसले जन्मायो– हिस्टेरिया, डिप्रेसन, वेश्यावृत्ति, समलैगिकता, पेडोफिलिया, एड्स र अनेकानेक घृणित वृत्ति र रोगव्याधिहरू ।

यो एक यक्ष पश्न छ, ‘मन्दिरजस्तो पवित्र, पूजनीय र आदरणीय स्थलमा लैङ्गिक आकर्षणलाई उक्साउने खालका मूर्तिहरू किन निर्माण भए ?’ यो प्रश्न साधारणदेखि बुद्धिजीवी सबैको कनमा अखडिएको छ ।

स्वामी आनन्द अरूणको सन्तदर्शनबाट

Tags :
प्रतिक्रिया दिनुहोस