पार्टी एकताको मोडालिटीको अन्तिम रूपबारे छलफल चलिरहेको छ – प्रचण्ड « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पार्टी एकताको मोडालिटीको अन्तिम रूपबारे छलफल चलिरहेको छ – प्रचण्ड


२६ माघ २०७४, शुक्रबार


चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको मोडालिटीको अन्तिम रूपबारे छलफल चलिरहेको बताएका छन् । शुक्रबार गृहजिल्ला चितवन आएका प्रचण्डले भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उक्त कुरा बताएका हुन् ।

उनले नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताबारे कुन नेताले के भन्छ भन्नेतर्फ नलाग्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

केपी शर्मा ओली र प्रचण्डको पद बाँडफाँडको टुंगो नलागेका कारण पार्टी एकतामा ढिलाइ भएको हो कि भन्ने पत्रकारको जिज्ञासामा प्रचण्डले भने, ‘केपीजीले पनि सबै पद पाउनुभएको छ, मैले पनि सबै पद पाएको छु । पदमा कुनै समस्या छैन ।’

प्रचण्डले फागुन ५ गतेभित्रमै निर्वाचन आयोगले प्रतिनिधिसभाको सबै परिणाम बुझाइसकेपछि फागुन ६ गते नै नयाँ सरकार बन्ने संभावना रहेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस