सैनिक परिवारको आर्थिकस्तर बढाउन लघुवित्त कार्यक्रम सञ्चालन गरेका हौं « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सैनिक परिवारको आर्थिकस्तर बढाउन लघुवित्त कार्यक्रम सञ्चालन गरेका हौं


२१ माघ २०७४, आइतबार


नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल इन्भेष्टमेन्ट बैंकको सहकार्यमा केही वर्षयता लघुवित्त कार्यक्रम सञ्चालित छ । कार्यक्रमको उद्देश्य, प्रभावकारितालगायत विषयमा नेपाल इन्भेष्टमेन्ट बैंकका सिइओ ज्योति प्रकाश पाण्डेसँग प्रशासन डट कमका एसराज उपाध्यायले गरेको कुराकानी ।

लघुवित्त कार्यक्रमबारे केही वताइ दिनुहोस् न ?
नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल इन्भेष्टमेन्ट बैंकबीच भएको समझदारी तथा सहकार्यमा बहालवाला तथा अवकाश पाएका सैनिक एवम् तिनका परिवारको आर्थिक स्तर बढाउन लघुवित्त कार्यक्रम लागू गरिएको हो । कृषि, पशुपालन र उद्यम गर्न चाहनेलाई कल्याणकारी बोर्डको सिफारिसमा बिनाधितो वार्षिक साढे चार प्रतिशत ब्याजदरमा ऋण प्रवाह गर्छौ । ऋण लिँदा अन्य सेवा शुल्क तिर्नुपर्दैन ।

व्यवसाय र उद्यमको जोखिम घटाउन एक लाखभन्दा बढी कर्जा लिनेलाई व्यवसायको बिमा अनिवार्य गर्नुपर्ने व्यवस्था राखेका छौँ । असल वर्गका ऋणीलाईव्यवसाय अनुसार दोस्रो चरण ऋण उपलब्ध गराउँछौँ ।

कार्यक्रममा सहभागिता कस्तो छ ?
हरेक वर्ष ऋणीको सङ्ख्या बढ्दै छ । गत वर्ष मात्रै झन्डै ६ हजार ऋणी बढे । यसले उत्साहित बनाएको छ । अहिलेसम्म यो कार्यक्रममा तीन अर्व लगानी भइसकेको छ । भविष्यमा अझै बढाउने योजना छ ।

ऋण लगानी गर्दा प्राविधिक कठिनाइ कतिको छ ?
अहँ, छैन । तर, सबै ठाउँमा बैंकका शाखा नहुँदा ऋणीलाई भने समस्या भइरहेको छ । ऋणीले बेलाबेला यस्तो गुनासो गर्छन् ।

ऋणीको गुनासो सम्बोधनका लागि बैंकको के योजना छ त ?
ग्रामीण क्षेत्रमा बस्ने ऋणीलाई सहज रूपमा सेवा दिन शाखा बढाउने तयारीमा छौँ । तत्कालै हिमाली र पहाडी क्षेत्रका १८ ठाउँमा शाखा खोल्दै छांै । यसबाट फाइनान्सियल इन्क्लुसन (सर्वसाधारणले आफूलाई आवश्यक वित्तीय उत्पादन र सेवा पाउने)सँगै रिपेमेन्ट पनि बढ्छ भन्ने हाम्रो अपेक्षा छ । तर, सबै ठाउँमा शाखा खोल्न सम्भव छैन । किनकि खर्च बढी हुन्छ । त्यस कारण हामीले शाखाभन्दा पनि बिएलबी ब्रान्च बैंङ्किङमा जोड दिएका छौँ ।

बैंकको उद्देश्य मुनाफा कमाउनु हो, लघुवित्त भन्दा अन्य क्षेत्रमा लगानी गरेको भए मुनाफा बढी आउँथ्यो नि, किन यस क्षेत्रमा लगानी बढाउँदै हुनुहुन्छ ?
क्यापिटल वाइज र सेयर होल्डरको दृष्ट्रिबाट हेर्दा नेपालको प्राइभेट बैंक हाम्रो बैंक सबैभन्दा ठुलो छ । एस मर्जर गरेपछि बैंकमा १२ सय ५० स्टाफ छन् । अहिले हामी धेरै ठुलो भइसक्यौँ । प्रोफिट पनि धेरै छ ।

ट्रेड र उद्योग फाइनान्स गरेकाले हाम्रो फ्रि इनकम पनि राम्रो छ । हाम्रो मोटिभ प्रोफिट कमाउने मात्रै होइन, समाजप्रति पनि दायित्व हुन्छ । केन्द्रीय बैंकको नीतिमा पनि केही रकम सामाजिक सेवामा लगाउनुपर्छ भन्ने उल्लेख छ ।

अर्को कुरा, नेपालको परिप्रेक्ष्यमा जिल्ला सदरमुकाममा मात्रै आर्थिक गतिविधिहरू केन्द्रित भइरहेको छ । जसले गर्दा ग्रामीण क्षेत्र पछाडि परेको छ । देश विकासका लागि सहरमुखी भएर मात्रै हुँदैन, पिछडिएको एरियामा पनि लगानी आवश्यक छ । त्यस कारण हामीले आर्मीसँग सहकार्य गरी लघुवित्त कार्यक्रम सञ्चालन गरेका हौँ । यसले समाजको अप लिफ्टिङमा मद्दत पुग्नेछ भन्ने हाम्रो अपेक्षा छ । यद्यपि, आर्मीसँग हाम्रो अफिलेसन पहिलेदेखि नै हो ।

लघुवित्तवाहेक नेपाली सेनासँग अन्य कुनै कार्यक्रममा पनि सहकार्य गर्ने योजना बनाउनु भएको छ कि ?
छैन, अहिले हामी आर्मीसँग यही कार्यक्रममा फोकस छौँ । तर, अरू क्षेत्रबाट प्रस्ताव आयो भने काम गर्ने योजना छ । आर्मीसँगको कार्यक्रमको सफलता देखेर केही ठाउँबाट अप्रोच पनि आएको छ । तर, हामीले सहकार्य गरेका छैनौँ । किनकि मोनिटरिङमा धेरै म्यानपावर पनि चाहिन्छ । बेलाबेलामा मोनिटरिङ गर्न पठाइराख्नुपर्छ । बिस्तारै त्यसबारे सोच्छौँ ।


एस राज उपाध्यायबाट थप,

सैनिक परिवारको सहारा

भूतपूर्वहरुले बनाएको वर्तमान पहिचान

के निश्कन्छ मतपेटिकाबाटः देवता कि दानव ?

पति सेनामा, पत्नी व्यवसायमा

लघुवित्तले भिन्नै परिचय स्थापित गराएको छ

लघुवित्त कार्यक्रमले मध्यम तथा निम्न वर्गीय परिवारलाई सहयोग पुर्‍याएको छ

लघुवित्त कार्यक्रमले जीवनस्तरमा धेरै सुधार ल्याएको छ

सैनिक परिवारको जीवनस्तर उकास्न लघुवित्त कार्यक्रम सञ्चालन गरेका हौं

सैनिक परिवारलाई हौसला

Tags :
प्रतिक्रिया दिनुहोस