गजल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गजल


२० माघ २०७४, शनिबार


बतास हुँ म मेरो बाटो बार्नै सक्नुहुन्न ।
जस्तो कि त्यो पत्थरलाई खार्नै सक्नुहुन्न ।

आफु वारी बसी मलाई देखाएर पारी
जहाँसम्म लाग्छ खोली तार्नै सक्नुहुन्न ।

मीठा भन्दा पनि तीता यादहरूले गर्दा
यो मनबाट हजुर डेरा सार्नै सक्नुहुन्न ।

छैटौं दिनमा लेखिदियो भाग्य भाविले नै
अब पन्छाएर भाग्य टार्नै सक्नुहुन्न ।

कदापी त्यो नजरबाट गिराएर मलाई
विश्वस्त छु कहिल्यै पनि झार्नै सक्नुहुन्न ।

प्रतिक्रिया दिनुहोस