एमाले कैठक निर्णय : प्रदेश संसदीय दलको नेतामा सहमति नभए चुनावबाट छान्ने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

एमाले कैठक निर्णय : प्रदेश संसदीय दलको नेतामा सहमति नभए चुनावबाट छान्ने


१६ माघ २०७४, मंगलबार


काठमाडौं । नेकपा एमालेको मंगलबार बसेको स्थायी कमिटी बैठकले प्रदेशस्तरीय संसदीय दलको नेतामा सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रियाबाट चयन गर्ने निर्णय गरेको छ ।

प्रदेश संसदीय दलको नेताका आकांक्षी धेरै देखिएकाले निर्वाचन प्रक्रियाबाट नेता चयन गर्ने निर्णय गर्नुपरेको एमाले उपाध्यक्ष बामदेव गौतमले जनाए ।

राष्ट्रियसभा निर्वाचनका लागि स्थानीय तहका प्रमुख उपप्रमुख र प्रदेशसभा सदस्यहरुलाई प्रशिक्षण दिनका लागि टोली परिचालन गर्ने निर्णय समेत बैठकले गरेको छ । उपाध्यक्ष गौतमका अनुसार, एमालेले आगामी १८ गतेदेखि २१ गतेसम्म प्रशिक्षण सञ्चालन गर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस