भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल भ्रमणमा आउँदै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल भ्रमणमा आउँदै


१६ माघ २०७४, मंगलबार


काठमाडौं । भारतीय विदेशमन्त्री सुषमा स्वराज नेपाल भ्रमणमा आउने भएकी छन् ।

भारतीय विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै विदेशमन्त्री स्वराज दुई दिने नेपाल भ्रमणका लागि बिहीबार नेपाल आउन लागेको जनाएको छ । स्वराजले दुई दिने नेपाल बसाइका क्रममा विभिन्न राजनीतिक दलका नेताहरूसँग द्विपक्षीय हितका बारेमा छलफल गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

माघ १८ गते नेपाल आउन लागेकी स्वराज १९ गते स्वदेश फर्कने छिन् ।

हेर्नुस् भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति

Tags :
प्रतिक्रिया दिनुहोस