यी हुन् राष्ट्रिय सभाका निर्विरोध निर्वाचित १७ सदस्य « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

यी हुन् राष्ट्रिय सभाका निर्विरोध निर्वाचित १७ सदस्य


११ माघ २०७४, बिहिबार


काठमडौं । राष्ट्रिय सभा सदस्यमा ५६ सदस्यका लागि ८३ जनाको उम्मेदवारी परेको छ । तीमध्ये प्रदेश १, २, ५ र ७ बाट १७ सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

निर्विरोध निर्वाचित हुनेमा प्रदेश १ नेकपा एमालेबाट उम्मेदवार बनेकी नैनकला ओझा (महिला), नेपाली कांग्रेसकी उम्मेदवार सरिता प्रसाईँ (महिला), नेकपा माओवादी केन्द्रकी उम्मेदवार विना पोखरेल (महिला) रहेका छन् ।

यस्तै प्रदेश २ बाट मुक्ताकुमारी यादव– कांग्रेस (महिला), शशीकला दाहाल–माओवादी (महिला), प्रमिलाकुमारी यादव– सं.स. फोरम (महिला), रामप्रित पासवान– सं.स. फोरम (दलित), वृषेशचन्द्र लाल– राजपा (अल्पसंख्यक) रहेका छन् ।

प्रदेश ५ बाट उम्मेदवार बनेका कोमल ओली– एमाले (महिला), मीना बुढा– एमाले (महिला), अनिता देवकोटा– कांग्रेस (महिला)

प्रदेश ७ बाट शेरबहादुर कुँवर– एमाले (पुरुष), इन्दु कडरिया– एमाले (महिला), कमलाकुमारी ओली– एमाले (महिला), बद्रीप्रसाद पाण्डे– कांग्रेस (पुरुष), तारादेवी भट्ट– कांग्रेस (महिला), हरिराम चौधरी– माओवादी (पुरुष) रहेका छन् ।

१७ जना निर्विरोध निर्वाचित भए पनि निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले दाबी विरोध तथा उम्मेदवारी फिर्तासम्मका निर्वाचन प्रक्रिया बाँकी नै रहेकाले आयोगले अहिले नै निर्विरोध निर्वाचित भएको घोषणा गर्न बाँकि रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस