बिणा बिद्या मन्दिरको १३ औं वार्षिकोत्सब सम्पन्न « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बिणा बिद्या मन्दिरको १३ औं वार्षिकोत्सब सम्पन्न


९ माघ २०७४, मंगलबार


धनगढी । बिणा विद्या मन्दिर गौरीगंगाको १३ औं वार्षिकोत्सब विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्र बोगटीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि कैलाली निर्वाचन क्षेत्र नम्वर ४ प्रदेशसभा ‘क’ का सदस्य दीर्घ सोडारी रहेका थिए । कार्यक्रममा विद्यालयका प्रअ दल बहादुर बोगटीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

विद्यालयले प्रदेशसभा सदस्यमा निर्वाचित हुन सफल भएकोमा सोडारीलाई सो अवसरमा सम्मान गर्नुका साथै बधाइ ज्ञापन गरेको छ । कार्यक्रममा पूरन कडायत, झपट साउँद, सुरत राउत ‘डोटेली काछा’ लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रको सञ्चालन कामदेव उपाध्यायले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस