सडक दुर्घटनामा ८ वर्षमा १६ हजारको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सडक दुर्घटनामा ८ वर्षमा १६ हजारको मृत्यु


९ माघ २०७४, मंगलबार


बस दुर्घटना

काठमाडौं । सन् २०११ देखि हालसम्मको सात वर्षमा सडक दुुर्घटनाबाट मृत्यु हुनेको संख्या झन्डै डेढ गुणाले वृद्धि भएको छ । सरकारले १० वर्ष (२०११–२०२०) सम्ममा सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या आधाले घटाउने लक्ष्य लिएको थियो । तर, त्यसको विपरीत मृत्युदर बढ्दै गएको छ ।

०६६–६७ (२००९–०१०) मा कुल एक हजार सात सय ३४ जनाको मृत्यु भएको थियो । यसलाई २०२० मा आधा अर्थात् आठ सय ६७ जनामा सीमित गर्नुपर्ने सरकारी लक्ष्य छ । जब कि बितेका आर्थिक वर्ष ०७३–७४ (०१६–१७) मा मात्रै मृत्यु हुनेको संख्या दुई हजार तीन सय ८४ छ ।

‘लक्षित प्रगति प्राप्त गर्न बाँकी रहेको तीन वर्षमा असम्भव हुँदै गएको छ,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्माले भने । सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या घट्नुको विपरीत हरेक वर्ष वृद्धि भइरहेको आँकडाले कार्यान्वयन निकाय प्रभावकारी नभएको उनको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस