बस दुर्घटनामा चारजनाको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बस दुर्घटनामा चारजनाको मृत्यु


८ माघ २०७४, सोमबार


बस दुर्घटना

सल्यान । बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने २१ यात्रु घाइते भएका छन् ।

रुकुम पश्चिमबाट दाङका लागि छुटेको कालिका मालिका यातायात प्रालिको ना५ख ५३१ नंको बस आज त्रिवेणी गाउँपालिका–६ स्थित बैगारेखोला नजिक दुर्घटना भएको प्रहरी नायब उपरीक्षक भरतबहादुर विकले जानकारी दिए ।

मृत्यु हुनेमा मुसिकोट नगरपालिका– ६ की पुष्पा खड्का केसी र सल्यान बागचौर नगरपालिका– ११ की छन्चरी विक रहेका छन् । अन्य दुईजना पुरुषको सनाखत हुन सकेको छैन । बस सडकबाट करिब डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेलाई उपचारका लागि दाङ र नेपालगञ्ज लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस