बिद्यार्थी साहित्य प्रतिष्ठानद्धारा ९ जना सम्मानीत « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बिद्यार्थी साहित्य प्रतिष्ठानद्धारा ९ जना सम्मानीत


८ माघ २०७४, सोमबार


धनगढी । लामो समयदेखी साहित्यीक गतिबिधि गर्दै आएको बिद्यार्थी साहित्य प्रतिष्ठान धनगढीले यस ९ जना श्रष्टालाई सम्मानीत गरेको छ ।

शोमवार आफ्नो १९ औं बार्षिकोत्सव समारोहमा प्रतिष्ठानले बिभिन्न बिधाका ९ जनालाई सम्मानीत गरेको हो ।

सम्मानित हुनेहरूमा नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञसभा सदस्य बाशुदेव पाण्डेय, प्राध्यापक धर्मराज उपाध्याय, श्यामराज जोशी, सुदूरपश्चिम साहित्य समाजका महासचिव हरिकृष्ण कडायत, साहित्यकार ऋचा लुईटेल, दलित साहित्य सोपानका अध्यक्ष गणेश नेपाली, बरिष्ठ देउडा गायक दलबहादुर बोगटी, पत्रकारद्वय मिन बम र दीपक जोशी रहेका छन् । यो वर्षको सात हजार धनराशिको लिलानाथ प्रतिभा पुष्कार पाण्डेयलाई प्रदान गरिएको छ ।

उनिहरू सबैलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको हो । प्रतिष्ठानले हरेक बर्ष सुदूरपश्चिमको कला संस्कृति र साहित्यमा योगदान पुगाउने बिभिन्न श्रष्टाहरुलाई सम्मानीत गर्दै आएको छ ।

बिद्यार्थी साहित्य प्रतिष्ठानका अध्यक्ष तोयनाथ भट्टको सभापतित्वमा भएको कार्यक्रममा कैलाली बहुमुखी क्याम्पसका प्रमुख प्राध्यापक डा. पदमराज जोशी प्रमुख आतिथि रहेका थिए ।

सो अवसरमा कलाकारहरू सुरत रावत ‘डोटेली कान्छा’, कृष्णा सोडारी, भिम बिष्ट लगायतले सांस्कृतीक प्रस्तुती देखाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस