सुरेन्द्रले ल्याए मर्मस्पर्शी गीत जैनोली रोयो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुरेन्द्रले ल्याए मर्मस्पर्शी गीत जैनोली रोयो


८ माघ २०७४, सोमबार


धनगढी । गायक सुरेन्द्र ‘संगम’ले २०७२ साल चैत ३० गते बानेडुग्रीसैनबाट हिडेको जीप डोटी उच्चाकोटको मिल चौपातो नजिक पल्टिँदा नौं जनाले ज्यान गुमाउनु परेको पिडा समेटेर मर्मस्पर्शी गीत जैनोली रोयो बजारमा ल्याएका छन् ।

उक्त दुर्घटनामा गायक संगमकी आमा कलावति ताम्राकार, आन्टि र बहिनी सहित नौं जनाले ज्यान गुमाएका थिए ।

दुर्घटनामा परी डोटी संस्कृतिका ज्ञाता प्रा.डा. जयराज पन्त सहित ५ जना पन्त परिवारको पनि निधन भएको थियो ।

गीतमा स्वर, शब्द, र लय गायक स्वयम्को रहेको छ भने उनलाई सिर्जना सुनारले स्वरमा साथ दिएकी छन् । आमाको निधनले विज्ञिप्त बनाउँदा आफुले उक्त गीत बजारमा ल्याएको संगमले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस