मोदीले ओलीलाई फोन गर्दै भावी प्रधानमन्त्रीका लागि दिए शुभकामना « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मोदीले ओलीलाई फोन गर्दै भावी प्रधानमन्त्रीका लागि दिए शुभकामना


७ माघ २०७४, आइतबार


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आइतबार दिउसो टेलिफोन वार्ता भएको छ ।

प्रधानमन्त्री मोदीले टेलिफोन गर्दै ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा शुभकामना दिएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

टेलिफोनमा कुरा गर्दै मोदीले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका रुपमा पदभार ग्रहण गरेपछि आफू भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताका अधिकारीले जानकारी दिए ।

अध्यक्ष ओलीले प्रधानमन्त्री मोदीको प्रस्ताव स्वीकार्दै नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । ओलीले मोदीलाई रामजानकी मन्दिर र मुक्तिनाथको दर्शन गर्न आग्रह गरेको अधिकारले जनाए ।

प्रतिक्रिया दिनुहोस