ओडिसी बास्केटबलमा ४० टिम सहभागि हुदै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ओडिसी बास्केटबलमा ४० टिम सहभागि हुदै


७ माघ २०७४, आइतबार


काठमाडौं । ओडिसी इन्टरनेसनल एकेडेमीको आयोजनामा हुने १० औं ओडिसी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा ४० टिमले सहभागिता जनाउने भएका छन् ।

ओडिसीका प्रिन्सिपल नारायण रोकाले जुनियर ब्वाइजमा २४ र सिनियर गल्र्समा १६ गरी ४० टिमको सहभागिता निश्चित भइसकेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगिता मंगलबारदेखि हुनेछ ।

प्रिन्सिपल रोकाले नयाँ प्रतिभाको पहिचान गर्नुका साथै विद्यार्थी र विद्यालयबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगिताको नारा ‘प्रतिभाको पहिचान, हाम्रो अभियान’ रहेको बताए ।

प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख रुपैयाँ खर्च हुने ओडिसीकी अध्यक्ष पवित्रा थापाले जानकारी दिइन् । लिग कम नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरु धापासीस्थित आयोजककै कोर्टमा हुनेछ ।

जुनियर ब्वाइजमा गोल्डेनपिक तथा सिनियर गल्र्समा भ्याली पब्लिक साविक विजेता हुन् । गल्र्सको खेल थ्री बाइ थ्री फर्मेटमा हुनेछ । फाइनल माघ १५ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस