नवराज सिलवाल खोज्न प्रहरीको १५० जनको विषेश टोली भट्टेडाँडामा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नवराज सिलवाल खोज्न प्रहरीको १५० जनको विषेश टोली भट्टेडाँडामा


७ माघ २०७४, आइतबार


काठमाडौं । पूर्व डिआइजी नवराज सिलवाललाई खोज्न १५० जनाको विषेश प्रहरी टोली ललितपुरको भट्टेडाँडा क्षेत्रमा परिचालित भएको छ ।

सिलवालले आफू आफ्नै क्षेत्रमा रहेको धारणा सार्वजनिक गरेपछि प्रहरीले उनको खोजी तिव्र पारेको हो ।

बुढुवाका लागि कार्यसम्पादन मूल्यांकन (कासमू) र्कीर्ते गरेको अभियोगमा छानविन गर्न प्रहरीले सिलवालको खोजी गरिरहेको छ । प्रहरी प्रमुख चयनको चर्चित काण्डमा जोडिएका सिलवाल हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित सांसद् पनि हुन् ।

सर्वोच्च अदालतले सिलवालले कामसू कीर्ते गरेको र त्यसबारे अनुसन्धान थाल्न निर्देशन दिएपछि प्रहरीले उनको खोजि तिव्र पारेको छ ।

प्रतिक्रिया दिनुहोस