दिल्लीको बवाना औद्योगिक क्षेत्रमा आगलागी, १७ को मृत्यु, २३ बेपत्ता « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

दिल्लीको बवाना औद्योगिक क्षेत्रमा आगलागी, १७ को मृत्यु, २३ बेपत्ता


७ माघ २०७४, आइतबार


काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीको बवाना औद्योगिक क्षेत्रमा अवस्थित पटाका कारखानामा आगलागी हुँदा १७ जनाको मृत्यु भएको छ भने २३ जना बेपत्ता भएका छन् ।

दुई तले पटाका कारखानामा आगलागीमा परी मृत्यु हुनेको संख्या १७ पुगेको प्रहरीले जनाएको छ ।

पटाका कारखानाबाट सुरु भएको आगो नजिकै रहेको कार्पेट कारखाना र पेट्रोलियम पदार्थ ओसार पसार गर्ने ट्यांकरमा समेत सल्किएको एक अधिकारीले बताएका छन् । यद्यपि उनले आगलागी नियन्त्रणमा आइसकेको बताए ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आगलागीको घटनाको छानविन गर्न आदेश दिएका छन् । घटनमा परी मृत्यु भएका मृतकका परिवारलाई जनही पाँच लाख दिने र घाइतेलाई एक एक लाख दिने पनि केजरीवालले घोषणा गरेका छन् ।

दिल्लीका शहरी विकास मन्त्री सत्येन्द्र जैनले घटनाको छानविनको आदेश दिइसकेको बताएका छन् । त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस