प्रदेश सभा सदस्यको शपथ आइतबार « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रदेश सभा सदस्यको शपथ आइतबार


६ माघ २०७४, शनिबार


काठमाडौं । सातै प्रदेशका प्रदेशसभा सदस्यहरुको सपथ माघ ७ गते आइतबार हुने भएको छ । प्रदेश सभा सदस्यलाई आइतबार प्रदेश प्रमुखले शपथ गराउने कार्यक्रम तय भएको छ ।

निर्वाचन आयोगले प्रदेश प्रमुखलाई प्रदेश सभा सदस्य निर्वाचन परिणामको प्रतिवेदन बुझाएको छ । राष्ट्रपति विद्या भण्डारीबाट शुक्रबार प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएलगत्तै आयोगले प्रतिवेदन बुझाएको हो ।

निर्वाचन आयोगले ३ माघमा प्रदेश सभाको निर्वाचन परिणामको अन्तिम नतिजा सार्वजनिक गरेको थियो ।

राष्ट्रपति कार्यालयमा शुक्रबार प्रदेश प्रमुखसँग आयोग पदाधिकारीले गरेको अनौपचारिक छलफलमा आइतबार ११ बजेभित्र प्रदेश सभा सदस्यलाई शपथग्रहण गराउने सहमति भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस