प्रदेश राजधानीको स्वागत गर्दै धनगढीमा दिप प्रजोलन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रदेश राजधानीको स्वागत गर्दै धनगढीमा दिप प्रजोलन


६ माघ २०७४, शनिबार


धनगढी । सरकारले धनगढीलाई सात नम्वर प्रदेशको अस्थायी मुकाम तोकेकोमा खुशीयालीमा स्थानीयले दिप प्रजोलन गर्दै स्वागत गरेका छन् ।

सचेत नागरिक मन्च कैलालीले दिप प्रजोलन गर्दै सरकारको उक्त निर्णयको स्वागत गरेको छ । मन्चले प्रदेश प्रमुखमा नियुक्त भएकोमा मोहनराज मल्ललाई पनि बधाइ ज्ञापन गरेको मन्चका सदस्य सागर भण्डारीले बताए ।

मन्चका अध्यक्ष दिपक मल्लको अध्यक्षतामा आयोजित कार्यक्रम धनगढीको पार्कचोकमा आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस