गजल « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

गजल


६ माघ २०७४, शनिबार


जिन्दगीमा तिमी आयौ र पो मज्जा भयो
न छुट्टिने कसम खायौ र पो मज्जा भयो

पहिलो भेट्मै नजर जुध्यो कस्तो मान्छे रैछौ
कति छिट्टै मनमा छायौ र पो मज्जा भयो

पीडा पनि एक अर्कामा साटासाट गरी
मेरै गीत तिमीले गायौ र पो मज्जा भयो

दुनियाँको आँखा छली मेरै लागि तिमी
लुकीलुकी भेट्न धायौ र पो मज्जा भयो

हरेक श्वासमा सधैं तिमी धड्किराख्छौ प्यारा
अजम्बरी माया लायौ र पो मज्जा भयो

प्रतिक्रिया दिनुहोस