ओली–दाहालबीच तीन घण्टा लामो भेट वार्ता « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

ओली–दाहालबीच तीन घण्टा लामो भेट वार्ता


५ माघ २०७४, शुक्रबार


काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । ओली निवास बालकोटमा भएको दुई नेताबीचको छलफल करिव ३ चलेको थियो ।

दुई नेताबीच कार्यदलले राष्ट्रिय सभा गठनका विषयमा दिएको प्रतिवेदनमा छलफल भएको र आवश्यक परेमा सामान्य हेरफेर गर्ने सहमती भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

छलफलमा पार्टी एकतालाई टुङ्गो पुर्याउन शनिबार दुई अध्यक्षबीच पुनः छलफल गर्दै माघ ७ गते (सोमबार) पार्टी एकता संयोजन समितिको बैठक बोलाउने निर्णय भएको छ । गत पुस २६ गते बालकोटमा भएको भेटवार्तापछि एमाले अध्यक्ष ओली स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड गएर आएपछि दुई नेताबीच आज छलफल भएको हो ।

प्रतिक्रिया दिनुहोस