प्रदेश प्रमुख र राजधानीमा हाम्रो सहमति छैन– अध्यक्ष ओली « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रदेश प्रमुख र राजधानीमा हाम्रो सहमति छैन– अध्यक्ष ओली


४ माघ २०७४, बिहिबार


काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले गरेको प्रदेश प्रमुख र राजधानी छनोटमा आफ्नो पार्टीको सहमति नभएको बताएका छन् ।

बैंककमा स्वास्थ्य परीक्षण गरेर बिहीबार स्वदेश फर्किएका ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै यस्तो बताएका हुन् ।

सत्तारुढ दलले आफ्नो स्वार्थ हेरेर गरेको निर्ण आफुहरूलाई सुइकार्य नहुने उनले बताए ।

ओलीले संविधानको अपव्याख्या गर्दै नेपाली कांग्रेसले सत्ता हस्तान्तरण गर्न ढिलाइ गरिरहेकोप्रति समेत असन्तुष्टि समेत व्यक्त गरे।

ओलीले आफ्नो ओलीले आफ्नो स्वास्थ्य ठीक रहेको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस