धनकुटामा आन्दोलनकारी र प्रहरीबीच झडप « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

धनकुटामा आन्दोलनकारी र प्रहरीबीच झडप


४ माघ २०७४, बिहिबार


काठमाडौं । प्रदेश नं. १ को राजधानी धनकुटा बनाइनु पर्ने मागसहित आन्दोलन गरीरहेका आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । झडपमा ३ जना घाइते भएका छन् ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ भने लाठी चार्ज समेत गरेको छ ।

यस्तै, आन्दोलनले उग्र रूप लिन थाले पछि धनकुटामा अनिश्चित कालिन कफ्र्यु पनि जारी गरिएकोे छ । बिहान ११ः३० बजेदेखि लागु हुने गरी कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जनाए ।

कर्फ्यूपूर्वमा बिहीबारे हाट, पश्चिममा घुमाउने चौतारा, उत्तरमा देब्रेवास, लोकसेवा आयोगको कार्यालयसम्म, दक्षीणमा पातले खोलासम्म लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस